Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजगदम्बा स्टिल्सको ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड’ सिलवाललाई

जगदम्बा स्टिल्सको ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड’ सिलवाललाई


काठमाडौं । जगदम्बा स्टिल्स लिमिटेडले यो वर्षको ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०८०’ नितेश सिलवाललाई प्रदान गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थानको ५८औँ वार्षिकोत्सवको अवसरमा हालै थापाथली क्याम्पसमा आयोजित कार्यक्रममा नितेश सिलवाललाई उनको शैक्षिक उत्कृष्टताको लागि यस अवार्ड प्रदान गरिएको हो ।

प्रतिष्ठित ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड’अन्तर्गत पुरस्कार स्वरूप सिलवाललाई पदक, प्रमाणपत्र, र नगद ५१ हजार रुपैयाँ प्रदान गरिएको थियो । कार्यक्रमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति, प्राडा केशरजंग बराल, क्याम्पस प्रमुख, डा खेम ज्ञवाली र अन्य सम्मानित प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने कर्पोरेट म्यानेजर विदुर पुरीद्वारा सो अवार्ड सिलवाललाई प्रदान गरिएको थियो । यस अवार्ड, सन् १९८० को दशकबाट उद्यमशीलताको यात्रा सुरु गरेका प्रख्यात उद्यमी तथा जगदम्बा स्टिल्स लिमिटेडका संस्थापक शंकरलाल अग्रवालको नाममा राखिएको हो । जगदम्बा स्टिल्स लिमिटेडले यस्ता कार्यक्रम र पुरस्कारहरूले विद्यार्थीहरूलाई समाजमा अर्थपूर्ण योगदानका लागि प्रेरित गर्ने विश्वास लिएको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया