Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहिन्द्रा उत्सव योजनाअन्तर्गत लक्की ड्र विजेता घोषणा

महिन्द्रा उत्सव योजनाअन्तर्गत लक्की ड्र विजेता घोषणा


काठमाडौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक, अग्नि ग्रुपले महिन्द्रा उत्सव योजनाअन्तर्गत लक्की ड्र विजेताहरूको घोषणा गरेको छ ।

कम्पनीले हालै एक कार्यक्रमको आयोजना गरी ‘बम्पर लक्की ड्र’मार्फत तीन जना पुरस्कार विजेताको घोषणा गरेको हो । कम्पनीका अनुसार ‘लक्की ड्र’मार्फत वीरगञ्ज निवासी आदेश कुँवरले महिन्द्रा इलेक्ट्रिक तीन पाङ्ग्रे रिक्सा–ट्रियो यारीे, बिर्तामोड निवासी मिसेक फयाकले जावा–फोर्टी टु मोटरसाइकल र चरिकोटबाट देवकोटा निर्माण सेवा प्रालिले पाँच केभीए महिन्द्रा पावरोल जेनेरेटर जितेका छन् । विजेताहरूका नाम ‘लक्की ड्र’मार्फत नेपालका ख्याति प्राप्त अन्तर्राष्ट्रिय महिला भलिबल खेलाडी सरस्वती चौधरीले घोषणा गरेकी थिइन् । विजेताहरूलाई स्थानीय कार्यक्रममार्फत उपहार प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले विश्वकर्मा पूजा, दशैं, तिहार र छठ पूजालाई लक्षित गरी ‘महिन्द्रा उत्सव २०२३’ विशेष योजना लागू गरेको थियो । जसअन्तर्गत भाग्यशाली विजेताहरूलाई तीन बम्पर पुरस्कारहरू महिन्द्रा इलेक्ट्रिक तीन पाङ्ग्रे रिक्सा–ट्रियो यारी, जावा–फोर्र्टी टु मोटरसाइकल र पाँच केभीए महिन्द्रा पावरोल जेनेरेटर विजेताहरूलाई हस्तान्तरण गर्ने योजना ल्याएकोे थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया