Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमनकामना दर्शन प्रालि सम्मानित

मनकामना दर्शन प्रालि सम्मानित


काठमाडौं । नेपालको पहिलो केबलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रालि सम्मानित भएको छ । आर्थिक वर्ष २०७८/७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको हो । नेपाल उघोग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभा तथा उघोग वाणिज्य दिवस २०८० को अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले कम्पनीका सेल्स तथा मार्केटिङ डाइरेक्टर यशु श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेका हुन् । गत वर्ष पनि सोही विधामा कम्पनी सम्मानित भएको थियो । यस कम्पनीले २५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गरिरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया