Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभो भी ३० लाइट सार्वजनिक

भिभो भी ३० लाइट सार्वजनिक


काठमाडौं । भिभोले नयाँ वर्षको उपलक्ष्यमा आफ्नो नयाँ स्मार्टफोन भिभो भी ३० लाइट सार्वजनिक गरेको छ । भिभो भी ३० लाइटमा भिभोले आफ्नो सिग्नेचर कलर चेन्जिङ डिजाइनका साथसाथै ८० वाटको फास्ट चार्जिङ, ५० मेगापिक्सेलको हाईरिजोल्युसन क्यामेरा र १२० हर्जको एमोलेड डिस्प्ले पनि प्रदान गरेको छ ।

डुअल स्टेरियो स्पिकर सेटअपको साथमा इमर्सिभ एक सय २० हर्जको एमोलेड डिस्प्ले रहेको यस फोनले अविश्वसनीय स्पष्टताका साथ दृश्यहरू र इमर्सिभ ध्वनि गुणस्तर प्रदान गर्ने कम्पनीले जनाएको छ । स्लिक र हल्का वजन भएको यो फोनलाई मेटालिक हाइग्लस फ्रेमले प्रिमियम फिनिस प्रदान गर्छ । क्रिस्टल ब्ल्याकमा भी ३० लाइट केवल यसको ७.७९ मिलिमिटर थिक्नेश र १८९ ग्राम वजन मापनको साथ अल्ट्रास्लिक प्रोफाइलमा चम्कन्छ भने ब्रिज ग्रिन एडिसनले भिभोको सिग्नेचर कलर चेन्जिङ डिजाइन फिचर गर्छ । भिभो भी ३० लाइटमा लुक मात्र नभई यसको ५० मेगापिक्सेल क्यामेरा र फ्लिकर फ्रि सेन्सरको साथ तपाईंले चुनौतीपूर्ण प्रकाशात्मक स्थितिमा पनि आकर्षक तस्वीरहरू र फ्लिकर फ्रि भिडियोहरू खिच्न सकिन्छ ।

८+८ जीबीको एक्सटेन्डेड ¥याम र २५६ जीबीको ठूलो भण्डारण क्षमता रहेकोे यस फोन ५००० एम ए एच ब्याट्री रहेको छ । कम्पनीले भिभो भी ३० लाइटको मूल्य ३३ हजार नौ सय ९९ रुपैयाँको कायम गरेको जनाएको छ । यो वैशाख २ देखि सबै भिभोको अधिकृत रिटेल स्टोर र दराज अनलाइनमा उपलब्ध हुनेछ । नयाँ वर्षको विशेष अवसरको रुपमा भिभोले पहिलो दुई हजार ग्राहकहरूका लागि फ्रि क्लिपबड्सको पनि व्यवस्था गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया