Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनयाँ वर्षसँगै सातै प्रदेशमा पठाओको सेवा सुरु

नयाँ वर्षसँगै सातै प्रदेशमा पठाओको सेवा सुरु


काठमाडौं । राइड सेयरिङ कम्पनी पठाओको ‘बाइक राइड’ सेवा नयाँ वर्षसँगै मुलुकका थप १८ वटा सहरमा उपलब्ध भएको छ । यसअघि काठमाडौं उपत्यका र चितवनमा मात्रै सीमित सेवालाई सातै प्रदेशमा विस्तार गरिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए ।

कोशी प्रदेशका नौ सहरहरू विराटनगर, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा पठाओको सेवा विस्तार भएको छ । यस्तै, मधेश प्रदेशको वीरगञ्ज र जनकपुरसँगै देशकै पर्यटकीय राजधानी गण्डकी प्रदेशको पोखरामा पनि पठाओको राइड सेयरिङ सेवा सुरु भएको छ । लुम्बिनी प्रदेशको बुटवल, नेपालगञ्ज र भैरहवा तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा पठाओको सेवा विस्तार भइसकेको छ । यस अगाडि सेवा विस्तारको योजनामा समावेश नभए पनि स्थानीयको मागअनुसार सुदूरपश्चिम प्रदेशको वीरेन्द्रनगरमा समेत सेवा विस्तार गरिएको बस्न्यातले बताए । भविष्यमा अन्य नयाँ सहरमा पनि सेवा विस्तार गर्ने कम्पनीको योजना छ । नजिकैको एक सहरबाट अर्को सहरमा जान इन्टर सिटी बुकिङ समेत गर्न मिल्ने गरी पठाओको सेवा विस्तार भएको बताइएको छ ।

बाइक राइडर बन्न इच्छुकले नवीकरण गरिएको लाइसेन्स र बिलबुकसँगै इन्स्योरेन्स कागजातसहित पठाओमा आबद्ध हुन सकिन्छ । कागजी प्रक्रिया पूरा गरेर अनलाइनमार्फत तालिम लिएपछि राइडर बनेर सेवा प्रदान गर्न सकिने कम्पनीले जनाएको छ । हाल पठाओको विभिन्न सेवामा दुई लाख बढी व्यक्ति आबद्ध छन् । एक लाख ९० हजारभन्दा बढी बाइक राइडर, १० हजारभन्दा बढी क्याप्टेन (ट्याक्सी चालक) र फुड डेलिभरीमा पाँच हजार बढी दर्ता भइसकेका छन् ।

नेपालकै पहिलो र सबैभन्दा बढी रकमको राइड सेयरिङ बीमा भएको पठाओले दुर्घटना भइ मृत्यु भए वा अंगभंग भएमा १० लाख रुपैयाँसम्म र उपचार लागि एक लाख रुपैयाँसम्मको बीमाको व्यवस्था गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया