Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्यो शिवम्

सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्यो शिवम्


काठमाडौं । शिवम् सिमेन्ट नेपाली सिमेन्ट जगतमै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्न सफल भएको कम्पनीले दाबी गरेको छ । कम्पनीले हालसम्म सबैभन्दा बढी १३ दशमलव ३१ करोड बोरा ओपीसी सिमेन्ट बिक्री गर्न सफल भएको हो ।

कम्पनीले अत्याधुनिक प्रविधिमार्फत आफ्नै खानीको चुन ढुंगाबाट उच्च गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ । साथै, शिवम् सिमेन्ट सर्वसाधारणको लागि सेयर जारी गर्ने नेपालको पहिलो सिमेन्ट कम्पनी पनि हो । शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडमा ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित नेपालकै पहिलो सिमेन्ट कम्पनी पनि हो । साथै, आगामी दिनमा निरन्तर गुणस्तरीय उत्पादनमार्फत यस सम्बन्धलाई थप उचाइतर्फ लैजाने प्रतिबद्धता समेत कम्पनीले जनाएको छ । सन् २००३ मा मध्यनेपालको हेटौंडा, मकवानपुरमा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय उच्च गुणस्तरीय चुनढुङ्गाको प्रयोग गरी दैनिक तीन हजार टन ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया