Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहोन्डाको टेक्निसियन स्किल कन्टेस्ट

होन्डाको टेक्निसियन स्किल कन्टेस्ट


काठमाडौं । होन्डाले टेक्निसियन स्किल कन्टेस्ट २०२४ आयोजना गरेको छ । कम्पनीले होन्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरूको सिप र दक्षता अभिवृद्धि गर्ने र बिक्रीपछिको सर्भिसको सेवास्तर उत्कृष्ट बनाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरेको जनाएको छ ।

उक्त कन्टेस्टमा एसटीसी वर्कसप टेकुका प्रल्हाद दाहालले प्रथम पुरस्कार प्राप्त गरेका थिए । त्यसैगरी ओम सत्य साही अटो सिटी प्रालि इटहरीका गजेन्द्र बुढाथोकी द्वितीय र एसटीसी वर्कसप कोहलपुरका सन्तोष अर्जेलले तृतीय पुरस्कार प्राप्त गरे । नगद पुरस्कारको राशी प्रथम हुनेले ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजारका साथै सबै सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष प्रदीप घिमिरे तथा स्याकार ट्रेडिङका विभिन्न डिभिजन प्रमुखहरूको उपस्थितिमा सो कार्यक्रम चैत २८ गते होन्डाको ट्रेनिङ सेन्टर ग्वार्को ललितपुरमा सम्पन्न भएको हो । प्रतियोगिता अवधिभर होन्डा जापानले उपलब्ध गराएको मार्ग निर्देशनअनुसार टेक्निसियनहरू होन्डा स्ट्यान्डर्ड प्रोसिड्युअरअन्तर्गत रहेर प्रतियोगितामा सहभागी भएका थिए ।

नेपालका लागि होन्डाका आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिअन्तर्गत सर्भिस डिभिजनको अगुवाइमा विभिन्न पाँच वटा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरी प्रत्येक क्षेत्रबाट दुई/दुई जना छनोट गरी राष्ट्रियस्तरको प्रतियोगितामा सञ्चालन गरिएको थियो । स्याकार ट्रेडिङ कम्पनीले यस प्रकारको कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको बताएको छ । यस प्रकारको प्रतियोगिताबाट सहभागी टेक्निसियनहरूको कार्यदक्षता अभिवृद्धि हुने कम्पनीको भनाइ छ । उक्त कार्यक्रममा पाँचै प्रदेशका उत्कृष्ट टेक्निसियनहरूको अलावा काठमाडौं उपत्यकाभित्रका धेरैजसो डिलरहरूको समेत उपस्थिति रहेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया