Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईएमई पे एप १ मिलियन क्लबमा

आईएमई पे एप १ मिलियन क्लबमा


काठमाडौं ।
आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ एप डाउनलोड गर्ने सेवाग्राहीहरूको संख्या १० लाखभन्दा बढी पुगेको छ । यससहित एप डाउनलोड गरेर आफैँ वा एजेण्टको सहयोगमा आईएमई पेबाट ३० लाखभन्दा बढी सेवाग्राहीहरू लाभान्वित हुँदै आएको कम्पनीले जनाएको छ ।

डाउनलोड १० लाख पुगेको अवसर मा ‘आइएमई पे’बाट मोबाइल टप–अप गर्ने एक जना भाग्यशाली विजेतालाई एउटा वान प्लस मोबाइल सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत उपहारस्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।

यो योजना आइतबारबाट सुरु भई अक्टोबर १५ सम्म कायम हुने कम्पनीले बताएको छ । विद्युतीय कारोबारलाई प्राथमिकता दिने सरकारी नीतिअनुरूप कम्पनीले आफ्नो सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउँदै लगेको छ । कम्पनी स्थापनाको छोटै समयमा ३० लाखभन्दा बढी घरपरिवारसम्मको पहुँचमा पुग्न सक्नु आफ्नो कम्पनीको उल्लेख्य सफलता भएको आईएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले बताए ।

पछिल्लो समयमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) का कारण सामाजिक दूरी कायम गर्नुपर्ने जस्ता सुरक्षा सतर्कतालाई मध्यनजर गर्दै रेमिट्यान्सलगायतका थुप्रै सेवा सेवाग्राहीहरूको पहुँचमा पु-याउन र एपमार्फत सुरक्षित तरिकाले सेवा उपभोग गर्न प्रोत्साहित गर्नका लागि ‘आईएमई पे’ ले आक्रामक रूपमा बजार विस्तार गर्दै आइरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया