Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसुजुकीका दुई पाङ्ग्रे सवारी खरिद गर्दा एनआईसी एसियाका ग्राहकलाई १५ हजार छुट

सुजुकीका दुई पाङ्ग्रे सवारी खरिद गर्दा एनआईसी एसियाका ग्राहकलाई १५ हजार छुट


काठमाडौं ।
भीजी अटोमोबाइल्स प्रालिले एनआईसी एसिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १५ हजार छुट प्रदान गर्ने भएको छ । कम्पनीले दुई पाङ्ग्रे सवारीको खरिदमा १२ हजार रुपैयाँ नगद छुट तथा ३ हजार रुपैयाँ नगद फिर्ता गरी कुल १५ हजार रुपैयाँ रकम छुट दिने एनआईसी एसिया बैकसँग समझदारी गरेको छ ।

उक्त समझदारीपत्रमा भीजी अटोमोबाइल्सका उपमहाप्रबन्धक धिरज भट्टराई र एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले हस्ताक्षर गरेका हुन् । यो योजना २०७७ मंसिर ५ गतेसम्म लागू हुने बताइएको छ ।

भीजी अटोमोबाइल्ससँगको यो सहकार्यले बैंकका ग्राहकहरुको दुई पाङ्ग्रे सवारीको आवश्यकतालाई पूरा गर्न सहजता प्रदान गर्ने बैंकले जनाएको छ । बैंकका ग्राहकहरूले क्रेडिट कार्ड उपभोग गर्नको लागि अनलाइनबाटै सहज रुपमा आवेदन दिनसक्ने व्यवस्था समेत गरेको छ । उक्त आवेदन जुनसुकै स्थानबाट जुनसुकै समयमा दिन सकिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया