Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमेन्टरसिप सहयोगसहित लगानीकर्ताहरूसँग आबद्ध हुन इच्छुक स्टार्टअपहरूसँग आवेदन माग

मेन्टरसिप सहयोगसहित लगानीकर्ताहरूसँग आबद्ध हुन इच्छुक स्टार्टअपहरूसँग आवेदन माग


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एण्ड इन्नोभेसन समितिले मेन्टरसिप सहयोगसहित महासंघका लगानीकर्ताहरूसँग आबद्ध हुन इच्छुक उद्यमी (स्टार्टअप)हरूसँँग आवेदन आह्वान गरेको छ । समितिको कार्ययोजनाअनुसार आवेदन सबै क्षेत्र (जस्तो कृषि, उत्पादनमूलक, सूचना प्रविधि, सेवा)का लागि खुला गरिएको हो । आवेदन महासंघको वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ ।

महासंघको स्टार्टअप एण्ड इन्नोभेसन समितिसँग आबद्ध लगानीकर्ताहरूको समूहमा रहेका उनीहरूको व्यावसायिक अभिरुचिलाई उद्यमीहरूको व्यवसायसँग मिलान गरी फलदायी सहकार्यको लागि सहजीकरण गर्ने कार्यमा समितिले सहयोग गर्नेछ । नवप्रवर्तनीय वस्तु, सेवा वा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यावसायिक मोडेलको स्थापना/स्तरोन्नति गर्ने प्रक्रियामा रहेका उद्यम वा व्यवसायहरूको लागि यो आवेदन गरिएको हो । एक वर्षभन्दा बढी समय अघिदेखि सञ्चालनमा आइरहेका र कम्तीमा पनि एक वर्षको लेखापरीक्षण प्रतिवेदन भएका, कानुनी रुपमा दर्ता व्यवसाय आवेदनका लागि योग्य मानिनेछन् ।

आफ्नो व्यवसायमा सीप, ज्ञानको आधार र दह्रो प्रतिबद्धता प्रदर्शन गर्नसक्ने सशक्त समूहले यसमा आवेदन गर्न सक्नेछन् । आवेदनका साथ कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा कम्पनीको विधान (प्रबन्धपत्र, मेमोरेन्डम अफ एसोसिएसन, आर्टिकल अफ एसोसिएसन र सम्बन्धित अन्य रजिष्ट्रेसनहरू, प्यान/भ्याट दर्ता, करचुक्ता प्रमाणपत्रहरू, कम्पनीको सञ्चालक समितिको माइन्युट, कम्पनीका प्रवर्द्धक/संस्थापकहरूको बायोडाटालगायतका आवश्यक दस्तावेजहरू संलग्न हुनुपर्नेछ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया