Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवर्ल्ड वार फोर इन्डगेम सार्वजनिक

वर्ल्ड वार फोर इन्डगेम सार्वजनिक


काठमाडौं ।
एस्ट्रिक टेक्नोलोजी कम्पनीले वल्ड वार फोर इन्डगेम सार्वजनिक गरेको छ । कम्पनीले एन्ड्रोइड प्लेटफर्ममा गुगल प्ले स्टोरमार्फत उक्त गेम सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यो एउटा यस्तो गेमहो जसमा २०३० को समयको परिकल्पना गरिएको छ, जुन बेला तेस्रो विश्वयुद्ध सकिसकेको हुन्छ र जहाँ युद्धले मानवता नै हराउने अवस्थामा पुगिसकेको हुन्छ । त्यस अवस्थामा विश्वमा केबल आठ शक्तिशाली राष्ट्रको परिकल्पना गरिएको छ, जसमा अमेरिका, बेलायत, संयुक्त युरोप, संयुक्त मिडल इस्ट, चीन, भारत, जापान र रुस छन् । उनीहरु पनि अझै संयुक्त सरकारको लागि लडिरहेका हुन्छन् ।

गेममा खेलाडीले एक विश्वयुद्धमा बाँचेका व्यक्तिको भूमिका निर्वाह गर्नुपर्नेछ जहाँ उसले प्रत्येक चार घण्टामा एक पटक काम गर्न पाउनेछन्, प्रत्येक दुई घण्टामा एक पटक तालिम लिन पाउनेछन् । गेममा व्यापारी, सेना, श्रमिक र राजनीतिज्ञ गरी चार करियर मोड उपलब्ध छन् । खेलाडीले हरेक सात दिनमा फरक–फरक करियर छनौट गर्न पाउनेछन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया