Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘शिलान्यास रिद्धिसिद्धिसँग’ नामक विशेष योजना

‘शिलान्यास रिद्धिसिद्धिसँग’ नामक विशेष योजना


काठमाडौं ।
रिद्धिसिद्धि सिमेन्टले नयाँ वर्षको अवसर पारेर आफ्ना ग्राहकहरुलाई ‘शिलान्यास रिद्धिसिद्धिसँग’ नामक विशेष योजना सञ्चालनमा ल्याएको छ । निर्माणकार्य गर्नुअघि सम्पूर्ण ग्राहकलाई सिमेन्टको प्रयोगपूर्व वैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्यसहित कम्पनीले केही महिनाअघि ल्याएको उक्त योजनालाई नयाँ वर्षदेखि लागू गरेको हो  ।

कम्पनीले नयाँ वर्ष २०७८ को शुभावसरमा शिलान्यास गर्न चाहने ग्राहकलाई सानो भेटस्वरूप एक शिलान्यास पूजा सामग्री सेट प्रदान गर्ने भएको छ । कम्पनीले प्रदान गर्ने उक्त पूजा सेटमा तामाको कलश पाँच थान, चाँदीको कछुवा एक थान, चाँदीको नाग र नागिन एक जोडी, चाँदीको सिक्का १० ग्राम एक थान, हात्तीको प्रतिमा एक थान, जौ, तील, कुश एक प्याकेट, पञ्चरत्न धातु एक थान, सलाई एक थान, बाटेको धूप एक प्याकेट र कपूर एक थान रहनेछ । योजनाको लाभ उठाउन ग्राहकवर्गले कम्पनीको निःशुल्क टोल फ्री नम्बर १६६००११२४४४ (नेपाल टेलिकम)/९८०१५७२११२ (एनसेल) मा सम्पर्क गर्न सक्नेछन् ।

साथै, कम्पनीको आधिकारिक फेसबुक पेजको विज्ञापन क्लिक गरी वा पत्रिकामा प्रकाशित विज्ञापनमा रहेको क्युआर कोड स्क्यान गरी रिद्धिसिद्धि सिमेन्टको वेबसाइटमा गई त्यहाँ रहेको फारम भर्नुपर्नेछ । अथवा, रिद्धिसिद्धि सिमेन्टको आधिकारिक बिक्रेतामा सम्पर्क राख्नुपर्नेछ । यो योजना प्रथम एक हजार उपभोक्तालाई मात्र लागू हुने कम्पनीले जनाएको छ । यसका लागि न्यूनतम शिलान्यासको शुभ अवसरमा सय बोरा खरिद गरिएको हुनुपर्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया