Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा गोप्रो हिरो टेन ब्ल्याक क्यामरा सार्वजनिक

नेपालमा गोप्रो हिरो टेन ब्ल्याक क्यामरा सार्वजनिक


काठमाडौं । आइसफल टेक्नोलोजिजले नेपाली बजारमा गोप्रो हिरो टेन ब्ल्याक एक्सन क्यामेरा सार्वजनिक गरेको छ । हिरो नाइन ब्ल्याकको सफलतापछि कम्पनीले हिरो टेन ब्ल्याक ल्याएको हो । जीपीटू प्रोसेसरमा आधारित यो क्यामरा छिटो र प्रयोग गर्न सहज रहेको कम्पनीले जानकारी दिएको छ । यो क्यामेराले प्रतिसेकेन्ड ६० फ्रेमसम्म ५.३ के को उत्कृष्ट गुणस्तरको भिडियो खिच्नसक्छ । साथै यो क्यामेराबाट २३ मेगापिक्सलको तस्बिर लिन सकिन्छ । हिरो टेन ब्ल्याक क्यामेरामा हाइपरस्मुथ ४.० स्टेबलाइजेसन फिचर छ, जसबाट भिडियो स्टेबल गर्न सकिन्छ । वाटरप्रुफ डिजाइन उत्कृष्ट र टिकाउ समेत छ ।

धेरै अपग्रेड भएर आएको यो क्यामरा नेपालमा पनि रुचाइने कम्पनीको विश्वास छ । सन् २०१० मा स्थापना भएको आइसफल टेक्नोलोजिज गोप्रोका लागि नेपालको एक मात्र आधिकारिक वितरक हो । नयाँ सुविधाहरुको कारण गोप्रो हिरो टेन ब्ल्याक अन्य एक्सन क्यामेराभन्दा अलग र अझ राम्रो भएको हुनाले साइकल तथा मोटरसाइकल यात्री, पर्वतारोही, ब्लगर्स र अन्य सृजनात्मक व्यक्तित्वहरुले मनमोहक दृश्य कैद गर्न उपयुक्त छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया