Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग१२औँ वार्षिकोत्सवमा फूडमान्डूको आकर्षक अफर

१२औँ वार्षिकोत्सवमा फूडमान्डूको आकर्षक अफर


काठमाडौं । फूड डेलिभरी कम्पनी फूडमान्डूले आफ्नो १२औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरूलाई आर्कषक अफर उपलब्ध गराएको छ । सन् २०१० नोभेम्बर ११ मा कम्पनीले फूडमान्डूले पहिलो पटक सेवा दिएको थियो । कम्पनी अहिले आफ्नो विभिन्न भर्टिकल्ससहितका नेपालका प्रमुख सहरहरूमा विस्तारको चरणमा रहेको फूडमान्डूका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले बताए ।

फूडमान्डूले १२औँ वार्षिकोत्सव अवसरमा १२ दिनका लागि विभिन्न अफरहरू ल्याएको छ । जसअनुसार अफर अवधिमा सहरका स्थापित रेस्टुरेन्टहरूबाट विभिन्न परिकारहरू मात्र १२ रूपैयाँमा उपलब्ध गराएको अधिकारीले बताए । साथै कम्पनीले १२ सय रूपैयाँको कम्बो प्याक समेत ल्याएको छ, जसमा ग्राहकहरूले कम्तीमा ४० प्रतिशत बचत गर्न सक्नेछन् । साथै ग्राहकले कारोबारको क्रममा डिजिटल भुक्तानी गरी १२ प्रतिशत थप छुट पाउन सक्नेछन् । डिजिटल भुक्तानीका लागि आईएमई–पे, खल्ती, कनेक्ट आईपीएस, र फोन–पेजस्ता सबै प्रमुख डिजिटल भुक्तानी सेवा प्रदायक प्रयोग गर्न सकिन्छ ।

वार्षिकोत्सवका अफरहरू शुक्रबारदेखि सुरु भएको र १२ दिनसम्म जारी रहने बताइएको छ । फूडमान्डूले, हाल काठमाडौं, ललितपुर, कीर्तिपुर, भक्तपुर र पोखरामा आफ्ना चार लाखभन्दा बढी ग्राहकहरूलाई आठ सयभन्दा बढी रेस्टुरेन्टहरूबाट सेवाहरू प्रदान गर्दै आएको छ । ग्राहकलाई सेवा दिन र दैनिक कार्य सञ्चालन गर्न कम्पनीका तीन सयभन्दा बढी कर्मचारीहरू सक्रियरूपमा काम गर्दै आएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया