Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनयाँ पुस्ताको फोर्ड रेन्जर -याप्टर नेपाल भित्रियो

नयाँ पुस्ताको फोर्ड रेन्जर -याप्टर नेपाल भित्रियो


काठमाडौं । विश्वभर आफ्नो अफ–रोड र अन–रोड पर्फमेन्सद्वारा ख्यातिप्राप्त फोर्ड रेन्जर -याप्टरको नयाँ संस्करण नेक्स्ट–जेन रेन्जर -याप्टर नेपाली बजारमा आएको छ ।

कम्पनीका अनुसार फोर्ड पर्फमेन्सको अवधारणाअनुरुप डिजाइन तथा इन्जिनियर गरिएको यस नेक्स्ट–जेन रेन्जर -याप्टरमा विभिन्न स्मार्ट प्रविधिका साथ नयाँ पुस्ताका हार्डवेयरहरु राखिएका छन्, जसले अफ–रोड गाडीहरुको श्रेणीमा एउटा नयाँ आयाम बनाएको छ ।

विश्वभरका अफ–रोडप्रेमीहरु यस संस्करणप्रति निकै उत्साहित रहेको कम्पनीको दाबी छ । अफ–रोड भू–भाग मध्यनजर गरी विभिन्न नयाँ सुविधा तथा प्रविधि जडान गरिएको नेक्स्ट–जेन रेन्जर -याप्टरमा नयाँ ट्वीन–टर्वो ३.० लिटर इकोबुस्ट भी६ पेट्रोल ईन्जिन जडान रहने छ । यसले ५६५० आरपीएममा ३९७ पीएस पावर प्रदान गर्दछ र ३५०० आरपीएममा ५८३ एनएम टर्क उत्पादन गर्दछ । फोर्ड पर्फमेन्स मापदण्ड अनुरुप गरिएको १०–स्पिड अटोमेटिक ट्रान्समिसनयुक्त नेक्स्ट–जेन रेन्जर -याप्टरको नयाँ इन्जिनले सहजै रुपमा ग्राभेल, माटो, हिलो बालुवामा चलाउन मद्दत गर्दछ ।

नेक्स्ट–जेन रेन्जर -याप्टरमा चालकले इलेक्ट्रोनिक रुपमा नियन्त्रित सक्रिय एक्जस्ट सिस्टमद्वारा आफ्नो -याप्टरको आवाज क्वाइट, नर्मल, स्पोर्ट र बाजा चार एक्जस्ट मोडमध्ये एउटा चयन गर्न सक्नेछन् । कम्पनीका अनुसार बालुवामा वा मरुभुमिमा डेजर्ट–रनिङ्ग पावर दिनको लागि बाजा मोडमा उपलब्ध नेक्स्ट–जेन रेन्जर -याप्टरको एन्टी–ल्याग प्रणालीले तपाई थ्रोटलबाट बाहिर निस्कँदा पनि तीन सेकेण्डसम्म टर्बो स्पिनिङ कायम रहन्छ, जसको फलस्वरुप गाडीले तत्काल मोडहरुमा वा गियरहरुबीच पनि पावर प्रदान गर्दछ । यस गाडीको लागि फोर्डले फोक्ससँग सहकार्य गरी कम्प्युटर एडेड इन्जिनियरिङ्ग र वास्तविकताको मिश्रण प्रयोग गरेर यसका सक् ट्युन गर्ने, भल्भहरु ट्युन गर्ने जस्ता क्रियाकलापहरुद्वारा रेन्जर -याप्टरको ड्राइभ जस्तोसुकै बाटोमा पनि आरामदायी, सुरक्षित बनाउन मद्दत गरेको छ ।

कम्पनीका अनुसार नयाँ नेक्स्ट–जेन रेन्जर ¥याप्टरमा सात ड्राइभ मोडहरु छन्, अन–रोडको लागि नर्मल, स्पोर्ट र सिल्परी र अफ–रोडको लागि रक क्रल, स्याण्ड, मड एण्ड रट्स र बाजा । नयाँ इन्टेरियर हार्डकोर अफ–रोड रेसरहरुको लागि ध्यानमा राखी डिजाइन गरिएको छ । इन्स्ट्रुमेन्ट प्यानल, ट्रिम र सिटहरुमा रहेको फोर्ड पर्फमेन्स ‘कोड ओरेन्ज’ एक्सेन्टलाई -याप्टरको एम्बियन्ट लाइटिङले वृद्धि गरिएको छ । एफ–२२ -याप्टर जेट फाइटरका सिटहरुबाट प्रेरित भएर अगाडि र पछाडिका सिटहरुले यात्रुहरुलाई सडकमा वा अफ–रोडमा आरामदायी सवारीको अनुभूति दिन्छन् ।

नेक्स्ट–जेन रेन्जर -याप्टर पूर्ण रूपमा डिजिटल क्याबिनको साथ उपलब्ध छ, उच्च रिजोल्युसन १२.४ इन्च डिजिटल क्लस्टर र १२ इन्चको टचस्क्रिन फोर्डको नयाँ पुस्ताको एसवाईएनसी ४एआरका साथ जडान गरिएको छ । अन्य सुविधाहरूमा अपफिटर स्विचहरू र अफ–रोड स्क्रिन समावेश छन् । फोर्ड रेन्जर -याप्टर एब्सोल्युट ब्ल्याक, आर्टिक ह्वाइट, कोड ओरेन्ज र कन्कर ग्रेसहित चार आकर्षक रंगहरूमा उपलब्ध छ । नेपाली बजारमा ३.० लि. भी६ पेट्रोल र १०–स्पिड अटोमेटिक नेक्स्ट–जेन रेन्जर -याप्टरको मूल्य दुई करोड १५ लाख रुपैयाँ तोकिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया