Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआउटरिच दक्षिण एसिया स्वतन्त्र ‘एजेन्सी अफ द इयर’को फाइनलमा प्रवेश

आउटरिच दक्षिण एसिया स्वतन्त्र ‘एजेन्सी अफ द इयर’को फाइनलमा प्रवेश


काठमाडौं । आउटरिच क्याम्पेन एसिया प्यासिफिकको एजेन्सी अफ द इयर अवार्ड २०२२ को अन्तिम चरणमा स्थान बनाउन सफल भएको छ । आउटरिच दक्षिण एसिया स्वतन्त्र एजेन्सी अफ द इयरको समूहमा छ । आउटरिचबाहेक यस समूहको अन्तिम चरणमा भारतका तीनवटा एजेन्सीहरु र पाकिस्तानको एक एजेन्सी पनि रहेका छन् ।

अन्तिम चरणको विजेताको घोषणा यस क्षेत्रका मार्केटिङ्ग र एडभर्टाइजिङ प्रोफेसनलहरुको उपस्थितिबीच ३० नोभेम्बर, २०२२ मा भारतको आईटीसी मराठा, मुम्बईमा गरिनेछ । १९९० को शुरुवातदेखि नै एजेन्सी अफ द एयर अवार्ड प्रेरणादायी नेतृत्व, व्यवस्थापकीय उत्कृष्टता र विज्ञापन तथा ब्राण्ड सञ्चारका समग्र उपलब्धिहरुलाई स्थापित गर्न अग्रसर छन् ।

पीडब्लुसीद्वारा तालिकाबद्ध परिणामहरुका साथ समग्र स्तरमा यो एउटा एजेन्सीको उत्कृष्टतालाई सम्मान गर्ने कार्यक्रम हो । आउटरिचले सोही समूहको लागि सन् २०१६ मा दक्षिण एसिया स्वतन्त्र एजेन्सी अफ द इयरको कांस्य पदक हात पार्न सफल भएको थियो भने २०१५, २०१६ र २०१७ मा अन्तिम चरणमा स्थान बनाएको थियो । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया