Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको नाफा घट्यो

टेलिकमको नाफा घट्यो


काठमाडौं । नेपाल टेलिकमको नाफामा गिरावट आएको छ । टेलिकमले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासिकको वित्तीय विवरणअनुसार कम्पनीको नाफा १ दशमलव ५२ प्रतिशतले घटेको हो ।

कम्पनीका अनुसार गत आर्थिक वर्षको प्रथम त्रैमासिक अवधि (२०७८ असोज मसान्त) सम्मको खुद मुनाफा दुई अर्ब २५ करोड ९९ लाख चार हजार रहेको थियो । चालू आवको सोही अवधिमा तीन करोड ४३ लाख ८० हजार (अर्थात्, १.५२ प्रतिशत) ले कमी भई दुई अर्ब २२ करोड ५५ लाख सात हजार रुपैयाँ मात्रै नाफा रहेको कम्पनीले जनाएको छ । यस्तै कम्पनीको कुल आयमा भने वृद्धि भएको छ ।

गत आवको प्रथम त्रैमासिक अवधिमा कुल आय १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा कुल आय आठ करोड ७७ लाख ४३ हजार रुपैयाँले बढेर ११ अर्ब चार करोड ९० हजार रुपैयाँ पुगेको छ ।

यसैगरी कम्पनीको कुल सञ्चालन आय भने घटेको छ । गत आवको प्रथम त्रैमासिक अवधिमा कम्पनीको कुल सञ्चालन आय नौ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ रहेको थियो । चालू आवको सोही अवधिमा ६९ करोड ७७ लाख नौ हजार रुपैयाँले कमी भई नौ अर्ब सात करोड ७५ लाख ८५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार डाटा सेवाको प्रयोगमा वृद्धि भएका कारण जीएसएम डाटातर्फ करिब ११ करोड ४० लाख रुपैयाँ वृद्धि भएको छ भने अन्तराबद्धता आयमा भने करिब १० करोडले कमी भएको छ ।

मौसमको प्रतिकूल असरले गर्दा विद्युत् आपूर्ति तथा मर्मतसम्भार कार्य समयमा हुन नसकेकोले साइटहरु समयमा सञ्चालन हुन नसकेको, आर्थिक ऐन, २०७९ बाट दूरसञ्चार सेवा दस्तुरमा भएको परिवर्तनको कारण राजस्वमा प्रभाव पर्न गएको, कोभिडलगायत विभिन्न कारणले गर्दा विश्वव्यापी आर्थिक मन्दीका कारण देशको आर्थिक अवस्थामा परेको असरले क्रयशक्तिमा आएको परिवर्तनले खुद नाफामा प्रभाव पारेको कम्पनीको भनाइ छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया