Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसातौँ युवा वैज्ञानिक शिखर सम्मेलन सम्पन्न

सातौँ युवा वैज्ञानिक शिखर सम्मेलन सम्पन्न


काठमाडौं । नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब एसएस/कलेजको संयुक्त आयोजनामा भएको दुई दिने सातौँ युवा वैज्ञानिक शिखर सम्मेलन सम्पन्न भएको छ । युनिग्लोब कलेज, कमलादी काठमाडौंमा उक्त सम्मेलन भएको थियो ।

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय आविष्कार केन्द्र, नेपाल युवा परिषद्, युनेस्को नेपाल, अनुसन्धान तथा विकास सोसाइटी नेपाल र नेपाल विज्ञान शिक्षक समाजसँगको सहकार्यमा आयोजना गरिएको यस सम्मेलनमा प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट कक्षा ८ देखि १२ सम्मका युवा वैज्ञानिकहरुले भाग लिएका थिए ।

यस्तै सम्मेलनमा ३१ विद्यालयका ५६ वटा अनुसन्धान प्रोजेक्टहरुबीच प्रतिस्पर्धा गराइएको थियो । सम्मेलनमा युवा वैज्ञानिकहरुले इन्जिनियरिङ तथा रोबोटिक्स, जीव विज्ञान, रसायन तथा पर्यावरण विज्ञान, भौतिक विज्ञान र गणित र कम्प्युटर विज्ञानमध्यको (आर्टिफिसियल इन्टेलिजेन्स समेत) कुनै एक विधामा आफ्नो प्रस्तुति दिएका थिए । हरेक विधामा युवा अनुसन्धाताले आफ्नो अनुसन्धानलाई संक्षिप्त लिखित सारांश, छोटो भिडियो, पोस्टर तथा मौखिक प्रवचनको रूपमा प्रस्तुत गरेका थिए ।

युवा वैज्ञानिकको अनुसन्धान कार्यको नवीनता पुरस्कार तथा पदक लागि छनोटको मुख्य मापदण्ड रहेको थियो । यस सम्मेलनका शीर्ष विजेताहरू सन् २०२३ सेप्टेम्बर २७ देखि अक्टोबर १ सम्म मेक्सिकोको सोनोरामा आयोजना हुने १२औँ एसिया प्यासिफिक युवा वैज्ञानिक सम्मेलनमा सहभागी हुनेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया