Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगडिजिटल लर्निङ डेमा विशेष कार्यक्रम आयोजना हुने

डिजिटल लर्निङ डेमा विशेष कार्यक्रम आयोजना हुने


काठमाडौं । डिजिटल सिकाइ र अभ्यासलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने उद्देश्यले डिजिटल लर्निङ डेको अवसरमा विशेष कार्यक्रमको आयोजना हुने भएको छ । एडचेन्ज नेपाल संस्थाले ‘इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ’ विषयमा बिहीबार कार्यक्रम आयोजना गर्न लागेको हो ।

होटल हिमालय, कुपण्डोलमा आयोजना हुने कार्यक्रममा विभिन्न विज्ञहरुबाट कार्यपत्र प्रस्तुति, प्यानल सेसन र आइडिया पिचिङको कार्यक्रम रहेको छ । डिजिटल लर्निङ डे, सन् २०१२ देखि एलायन्स फर एक्सिलेन्ट एजुकेसन नामक संस्थाले विश्वभर सुरु गरेको एउटा अभियान हो । फेब्रुअरी महिनाको तेस्रो हप्ताको बिहीबारको दिन विश्वका सयौँ देशहरुमा डिजिटल लर्निङ डे मनाउने गरिन्छ । यस वर्ष नेपालमा शिक्षामा परिवर्तनको स्लोगनसहित आयोजना हुने कार्यक्रममा काठमाडौं विश्वविद्यालयका डिन प्राडा बालचन्द्र लुइँटेलले मुख्य वत्ताको रुपमा प्रस्तुति दिनेछन् । यसैगरी नेपाल खुल्ला विश्वविद्यालयका सहप्राध्यापक डा. भोजराज घिमिरे र काडिंगल भारतमा सहसंस्थापक सत्यम् वर्नवालको कार्यपत्र प्रस्तुति रहेको छ ।

प्यानल सेसनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द्र, युनेस्को, प्याब्सन र अन्य संस्थाहरुबाट विशिष्ट व्यक्तिहरुबीच अन्तक्र्रिया सञ्चालन हुनेछ । आइडिया पिचिङको रुपमा शिक्षकहरुले टिचिङ अभ्यासबारे नयाँ आइडियाहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यस कार्यक्रमले डिजिटल शिक्षाको लागि नयाँ अवधारणा बनाउनेसँगै आवश्यक नीति र योजनाहरुमा सघाउ पु-याउने आयोजकले विश्वास लिएको छ । नेपालमा विगत एक दशकदेखि नै डिजिटल लर्निङको क्षेत्रमा विभिन्न अभ्यासहरु भइरहेका छन् । विशेषगरी कोभिड १९ पश्चात् विद्यार्थीहरुको सिकाइको लागि सरकारले पनि अनलाइन शिक्षालाई प्रवद्र्धन गरेको छ । एक दर्जन बढी कम्पनीहरुले अनलाइन शिक्षा तथा डिजिटल कन्टेन्टको विकासमा काम गरिरहेका छन् । तर, अझै पनि डिजिटल लर्निङलाई पूर्णरुपमा आत्मसात् गर्न नसकिएको देखिन्छ ।

सरकारले विद्यालयस्तरमा शैक्षिक सामग्री र पुस्तक महिनौँसम्म उपलब्ध गराउन नसकिरहेको सन्दर्भमा अब डिजिटल लर्निङलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने देखिन्छ । यसको लागि आवश्यक पूर्वाधार विकास, डिजिटल कनेक्टिभिटीमा जोड दिनुपर्ने अवस्था छ । नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कमा पनि डिजिटल शिक्षालाई आठ कार्यक्षेत्रभित्र समावेश गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया