भगवती हाइड्रोपावरको आईपीओ
काठमाडौं । भगवती हाइड्रोपावर लिमिटेडले साधारण सेयरको बिक्री (आईपीओ) आह्वान गरेको छ । कम्पनीले यही भदौ पाँच गतेबाट एक सय रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रियिमम थप गरी एक सय १६ रुपैयाँ अंकित मूल्यमा सात लाख १२ हजार दुई सय २० कित्ता साधारण सेयरको बिक्री आह्वान गरेको हो ।
कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार सात सय रुपैयाँ रहेको छ । जसबाट १५ प्रतिशतको अनुपातमा आठ करोड ५८ लाख नौ हजार सात सय रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी एक सय १६ रुपैयाँमा आठ लाख ५८ हजार ९७ कित्ता सेयर सर्वसाधारणको लागि छुट्याइएको थियो । जसमध्ये १० प्रतिशत अर्थात् ८५ हजार आठ सय १० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकाको लागि, पाँच प्रतिशत अर्थात् ४२ हजार नौ सय पाँच कित्ता सामूहिक लगानी कोषको लागि र दुई प्रतिशत अर्थात् १७ हजार एक सय ६२ कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीको लागि बिक्री गरी बाँकी रहेको सात लाख १२ हजार दुई सय २० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।
सेयर निष्काशन एवम् बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको कम्पनीले जनाएको छ । साधारण सेयरको बिक्री कार्य छिटोमा यही भदौ आठ गते र ढिलोमा यही भदौ १९ गते बन्द हुने छ । खरिदकर्ताले न्यूनतम १० देखि अधिकतम पाँच हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने कम्पनीको भनाइ छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 11
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया