Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसलिकोको पेसागत दक्षता तालिम

सलिकोको पेसागत दक्षता तालिम


काठमाडौं  । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा कार्यरत कर्मचारीहरूको पेसागत दक्षता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले लुम्बिनी प्रदेशस्थित बर्दिया जिल्लामा यही पुस नौ र १० गते आयोजना गरेको कार्यक्रममा ६५ जनाभन्दा बढी कर्मचारीहरूको उपस्थिति थियो ।

कम्पनीले आफ्ना कर्मचारीको पेसागत क्षमता बढाउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ । कम्पनीका सञ्चालक गजेन्द्रलाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षण कार्यक्रममा मार्केटिङ, अन्डरराइटिङ, दाबी, मानव संसाधन, ब्राण्डिङ र ग्राहक सेवालगायतका विषयहरूमा प्रस्तुतीकरण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत वरिष्मा साउद आचार्य, प्रदेश प्रमुख र विभागीय प्रमुखहरूले आ–आफ्नो प्रस्तुतीकरण दिएका थिए ।

उक्त प्रशिक्षण कार्यक्रमले कर्मचारीहरूमा ज्ञान र नवीन उत्साहको सञ्चार भएको सहभागीहरूले प्रतिक्रिया दिएका छन् । मर्जरसँगै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बजार विस्तारका साथै कर्मचारीहरूको क्षमता अभिवृद्धिलाई समेत प्राथमिकता दिएको देखिन्छ । बजार विस्तारमा सबैभन्दा ठूलो भूमिका कर्मचारीहरूकै हुने तथ्यलाई मध्यनजर राखी प्रदेशस्तरका कर्मचारीलाई दक्ष बनाउने रणनीतिका साथ प्रशिक्षण कार्यक्रम सभ्य र भव्यरूपमा सम्पन्न भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया