समृद्धि फाइनान्सको नाफा दुई करोड १३ लाख रुपैयाँले ऋणात्मक
काठमाडौं । समृद्धि फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई करोड १३ लाख ४५ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नोक्सानी सात करोड ७३ लाख ७० हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८१ करोड ८९ लाख ११ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा एक अर्ब ५३ करोड ७५ लाख पाँच हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४१ करोड १८ लाख तीन हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन करोड ५८ लाख ४८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा चार दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने ४८ करोड २० लाख ८१ हजार रुपैयाँले ऋणात्मक रहेको फाइनान्सको स्प्रेडदर भने चार दशमलव ५८ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले एक अर्ब ६१ करोड छ लाख ४४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५१ करोड ३१ लाख ८१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ४६ लाख ७६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १३ दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ९४ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने
- मन्त्री भण्डारीद्वारा उद्योग परिसरको छड्के अनुगमन
- वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये छको प्रगति न्यून, चारको शून्य
- यार्सागुम्बा सिजन सुरु भएसँगै तातोपानी नाका सुनसान
- केहीबेरको वर्षाले बागमती प्रदेशसभा सचिवालय जलमग्न
- अत्यधिक गर्मीका कारण विद्यालय बन्द
- झण्डै चार अंकले उक्लियो सेयर बजार
- अध्यक्ष नेपालद्वारा चीन भ्रमण रद्द
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया