Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रोग्रेसिभ फाइनान्सको साधारणसभा सम्पन्न

प्रोग्रेसिभ फाइनान्सको साधारणसभा सम्पन्न


काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले सोमबार आफ्नो २६औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष किशोरकुमार महर्जनको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा सञ्चालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै अध्यक्ष महर्जनले संस्थाले आर्थिक वर्ष २०७८/७९ मा गरेका कार्यक्रम तथा गतिविधिहरू बारे प्रकाश पारे । उनले चालू आर्थिक वर्षमा संस्थाले सञ्चालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले सञ्चालन गर्ने कार्यक्रम तथा योजनाबारे जानकारी दिए ।

साधारणसभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्न एवम् जिज्ञासाको जवाफ दिँदै अध्यक्ष किशोरकुमार महर्जनले संस्था अपेक्षितरूपले प्रगतिपथमा लम्किरहेको जानकारी गराए । यो आफ्नो अन्तिम कार्यकाल रहेको हुँदा यसै साधारणसभाबाट आफू संस्थाको अध्यक्षबाट निवृत्त हुन लागेको जानकारी दिँदै उनले आफ्नो कार्यकालमा बसाइएको जगलाई आगामी सञ्चालक समितिले अझ बलियो बनाउनेमा विश्वस्त रहेको धारणा व्यक्त गरे । उनले सेयरधनीबाट प्राप्त सल्लाह तथा सुझावको सह्राना गर्दै आगामी दिनमा यस्ता सुझावको कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरे ।

साधारणसभाले आर्थिक वर्ष २०७८/७९को वित्तीय अवस्थाको विवरण, नाफा/नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरूसहितको वित्तीय विवरणहरू छलफलपश्चात् पारित गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७९/८० का निम्ति बाह्य लेखापरीक्षकका रूपमा रञ्जीव एन्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले आगामी चार वर्षका निम्ति छ सदस्यीय सञ्चालक समितिको निर्विरोधरूपमा चयन गरेको छ । सञ्चालकका रूपमा लक्ष्मीप्रसाद महर्जन, शंभुलाल डंगोल, सविना महर्जन, प्रज्वल कुमार दाहाल, राजभाइ डंगोल र अनिश महर्जन आगामी चार वर्षका निम्ति चयन भएका छन् ।

वित्तीय संस्थाले हाल २२ वटा शाखा कार्यालय तथा चारवटा एक्सटेन्सन काउन्टरमार्फत आफ्ना सेवाहरू प्रवाह गरिरहेको छ । साथै, संस्थाले चालू आर्थिक वर्षमा पनि व्यवसाय तथा कार्यक्षेत्र विस्तार गर्ने क्रममा थप शाखा तथा एक्सटेन्सन काउन्टरहरू स्थापना गरी प्रविधिमा आधारित आधुनिक वित्तीय सेवा प्रवाह गर्ने योजना बनाएको प्रमुख सूचना अधिकारी प्रमोद भट्टराईले बताए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया