Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारपिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने

पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने


काठमाडौं  । पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया सुरु गरेको छ । बैंकले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नको लागि वार्षिक साधारणसभाको आह्वान गरेको छ ।

कम्पनीले वैशाख १७ गते सोमबार लिसारा बैंक्वेट हल नक्साल, काठमाडौंमा आफ्नो छैठौं र सातौं वार्षिक साधारणसभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक सभाले हकप्रद निष्काशनसँग सम्बन्धित कार्य गर्न र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थागत सुसाशनसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने, संस्थापक समूहको तर्फबाट एक जना महिलासहित पाँच जना र सर्वसाधारण समूहबाट एक जना सञ्चालक निर्वाचन गर्ने, एक जना स्वतन्त्र सञ्चालक नियुक्त गर्नेलगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया