Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंकको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा


काठमाडौं  । कुमारी बैंक लिमिटेडले १० लाख कित्ता संस्थापक सेयर बिक्री गर्नै भएको छ । बैंकले बुधबार सार्वजनिक सूचना जारी गर्दै सेयरधनी वीरेन्द्रकुमार साहको नाममा कायम रहेको १० लाख कित्ता सेयर लिलाम बढाबढमार्फत बिक्री गर्न लागेको जनाएको छ ।

बैंकका अनुसार यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । बैंकका अनुसार बुधबार सूचना प्रकाशित भएको मितिले इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन् । सेयरको बिक्री मूल्य विक्रेताले तोकेबमोजिम हुने बैंकले जानकारी दिएको छ । तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया