Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारविविध कार्यक्रम गरी सेञ्चुरी बैंकले मनायो १०औं वार्षिकोत्सव

विविध कार्यक्रम गरी सेञ्चुरी बैंकले मनायो १०औं वार्षिकोत्सव


काठमाडौं  ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो १०औं वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले १० वर्षअघि सरल बैंकिङ सबैका लागि भन्ने नाराका साथ स्थापित सेञ्चुरी बैंक ठूलो र मजबुद बैंकका रूपमा अघि बढिरहेको उल्लेख गर्दे बैंकले दोहारो अंकको वृद्धि गरी सेयरधनीलाई उच्च प्रतिफल, बैंकमा संस्थागत सुशासन कायम राख्ने र कर्मचारी, नियमनकारी निकायलगायत सबै सरोकारवालाहरूको रोजाइको बैंक बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उक्त समारोहमा बैंकका सञ्चालकहरू सुनिलकुमार न्यौपाने, मनबहादुर राई र प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले शुभकामनासहित मन्तव्य राखेका थिए । सो कार्यक्रममा १० वर्षदेखि निरन्तर सेवा प्रदान गरी बैंकको समग्र विकासमा पु-याएको योगदानको उच्च मूल्यांकन गर्दै बैंकका ५४ जना कर्मचारीहरूलाई सम्मान स्वरूप कदरपत्र प्रदान गरिएको बैंकले जानकारी दिएको छ ।

१०औं वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष श्रेष्ठले काठमाडौंको गौरीघाट र बालाजु शाखा अनलाइनमार्फत उद्घाटन गरे । आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना एक सय २२ शाखा १० एक्सटेन्सन काउन्टर, २३ शाखारहित बैंकिङ र ८८ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । बैंकको चुक्ता पुँजी नौ अर्ब तीन करोड रहेको छ भने ८७ अर्ब ७० करोड निक्षेप परिचालन गरी ७३ अर्ब ८८ करोड ऋण प्रवाह गर्न सक्षम भएको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विर्तामोड शाखाले नेपाल रेडक्रस सोसाइटी झापासँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम ७५ जनाले रक्तदान गरेका थिए । बैंकले बानेश्वर शाखामार्फत निःसहाय सेवा केन्द्र मिनभवन काठमाडांै र बनेपा धुलिखेल शाखामार्फत उज्यालो महिला समाज बनेपालाई एक/एक थान डेक्सटप कम्प्युटर हस्तान्तरण गरेको छ । त्यसैगरी सुर्खेत शाखाले पाटन दरबार सुर्खेतमा मेटल स्टयाण्डसहितको डस्टबिन वितरण, दैलख शाखाले सरस्वती वृद्धाश्रम दैलेखमा मेटल स्टयान्डसहितको डस्टबिन वितरण गरेको छ ।

चोरमारा शाखाले जनता माध्यामिक विद्यालय मध्यबिन्दुलाई ३५ वटा कुर्सी वितरण, विराटनगर शाखाले रात्रि निम्नमाध्यामिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, झुम्का शाखामार्फत पशुपति माध्यामिक विद्यालय रामधुनी सुनसरीमा ८ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता तथा विद्यालयमा खानेपानी व्यवस्थापनमा सहयोग प्रदान गरेको छ । टिकापुर शाखाले स्थानीय ऐतिहासिक शिव मन्दिर सरसफाइ तथा रङरोगन कार्य सम्पन्न गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया