Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेप्से १८ सय ३७ बिन्दुमा, कारोबार रकम ४८ करोड रुपैंयाँमा खुम्चियो

नेप्से १८ सय ३७ बिन्दुमा, कारोबार रकम ४८ करोड रुपैंयाँमा खुम्चियो


काठमाडौं  ।  साताको चौंथो कारोबार दिन आज बुधबार बजार परिसुचक छ दशमलव ४१ अंकले उकालो लागेर १८ सय ३७ दशमलव ४६ बिन्दुमा पुगेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज एक दशमलव ४५ अंकले उकालो लागेर तीन सय ५९ दशमलव ५९ बिन्दुमा चढेको छ । बजार परिसुचक उकालो लागेपनि कारोबार यसदिन कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २१ वटा कम्पनीहरुका सेयर कारोबार भएका छन् ।

जसअन्तर्गत ११ हजार नौं सय २७ पटकको कारोबारमा १३ लाख ७० हजार चार सय ७७ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम ४८ करोड ५४ लाख आठ हजार सात सय ६८ रुपैंयाँ कायम भएको छ । अघिल्लो दिन यस्तो कारोबार रकम ६६ करोड रुपैयाँमा सिमित रहेको थियो ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये चार वटा उपसमुहरुको सुचक ओरालो लागेर बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया