युनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता
हिमालय लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुने, अध्यक्षमा युनियनका अग्रवाल
काठमाडौं,युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मर्जरसम्बन्धी सम्झौता भएको छ । आइतबार तीनवटै संस्थाहरूबीच एक–आपसमा मर्जर गर्ने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सो सम्झौतापत्रमा युनियन लाइफका अध्यक्ष सुलभ अग्रवाल, प्राइम लाइफका अध्यक्ष पियुष राज अर्याल र गुराँस लाइफका अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर अनुपात १ः१ः१ कायम गरिएको छ । मर्जर सम्झौताअनुसार नयाँ बन्ने कम्पनीको नाम हिमालय लाइफ इन्स्योरेन्स लिमिटेड रहने छ भने युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष शुलभ अग्रवाल नयाँ बन्ने कम्पनीको अध्यक्ष रहनेछन् । यस्तै युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण मर्जरपश्चात् बन्ने नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत रहनेछन् । सम्झौताअनुसार मर्जरसम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरू सम्पन्न गरी २०७९ चैतभित्र एकीकृत कारोबार गर्ने समयावधि निर्धारण गरिएको छ भने कम्पनीका शाखाहरू, कर्मचारी समायोजनका कार्यहरू समेत सम्पन्न गरिनेछ ।
मर्जर सम्झौता कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले तीनवटा कम्पनीहरू एक–आपसमा मर्जर हुनु ऐतिहासिक कार्य भएको बताउँदै नियमनकारी निकायको तर्फबाट मर्जरकार्यमा पूर्ण सहयोग रहने जानकारी गराए । यसैगरी नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले मर्जर सम्झौता सफल बनाउन प्राधिकरणको तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने बताए ।
क्याटेगोरी : बिबिध, वित्त पूँजी बजार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया