Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट बैंकद्वारा टौखेल ललितपुरमा सोलार बस स्ट्यान्डको उद्घाटन

एभरेष्ट बैंकद्वारा टौखेल ललितपुरमा सोलार बस स्ट्यान्डको उद्घाटन


ललितपुर । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिकरूपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको छ ।

यसै सन्दर्भमा बैंकले एक कार्यक्रमका बीच संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुर महानगरपालिका वडा नं. ३ को टौखेलमा सो वडासँगको संयुक्त साझेदारीमा निर्मित सोलार बस स्ट्यान्डको उदघाट्न गरेको छ । सो सोलार बस स्ट्यान्डको उद्घाटन ललितपुर महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सानु राज घिमिरे र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्तरूपमा गरेका छन् ।

सो कार्यक्रममा बैंकका नायब महाप्रबन्धक श्री गौरव कुमारका साथै बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बैंकका टौखेल शाखाका शाखा प्रबन्धक प्रितम कमचार्यलगायत अन्य विशिष्ट व्याक्तिहरूको उपस्थिति रहेको थियो । सोलार उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले नवनिर्मित सोलार बस स्ट्यान्डले ललितपुर महानगरपालिका वडा नं. ३ टौखलका स्थानीय बासिन्दालाई थप सहज हुनुका साथै टौखेल क्षेत्रलाई स्मार्ट सिटीको रूपमा विकसित गर्न उक्त बस स्ट्यान्डले थप मद्दत गर्ने कुराको विश्वास व्यक्त गरे ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको तथा स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो एक सय २४ वटा शाखा सञ्जाल, तीनवटा एक्सटेन्सन काउन्टर, सातवटा प्रादेशिक कार्यालयहरू, एक सय ६० वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेटर एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया