Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयविपद् बढ्न थाल्यो, सरकारको तयारी कस्तो छ ?

विपद् बढ्न थाल्यो, सरकारको तयारी कस्तो छ ?


काठमाडौं । उखरमाउलो गर्मीले भतभती पोलिरहेको र तराईमा ‘लु’को डरलाग्दो चपेटा फैलिरहेको बेला अपर्झट बाढी पहिरोले विनाश गरेको कुरा सामान्यतया पत्याइसक्नु थिएन । तर त्यसले करिब चार दर्जनबढीको ज्यान लिएर विनाशी लिला रच्यो । यता सरकारी सूचनाहरू तातो हावाबाट कसरी जोगिने भनी उपाय बताइरहेका थिए तर आयो बाढीपहिरोको वितण्डा । यो कहरका बारेमा वास्तवमा राज्यसँग सूचना थिएन कि जस्तो देखियो । त्यसका बारेमा कतै सामान्य चर्चासमेत चल्दानचल्दै त्यसले मान्छेलाई सुकेका मुढाजसरी लता¥यो, जसबाट करिब हप्ता दिन बित्न लाग्दा पनि बेपत्ता भएकाहरूको जानकारीसमेत हुन सकेन । धनको क्षतिको त कुरै भएन । मान्छे खोला तर्ने पुलको मात्रै क्षतिको अंक पनि आधा अर्बमाथि पुग्यो । दर्जनजति विद्युत् आयोजना तहसनहस भए । दर्जनजति त सिङ्गासिङ्गै घर बगेका समाचारहरू आए ।

यो विवरण मनसुनले प्रारम्भमै पु¥याएको क्षतिको हो । स्थानीय तहबाट प्रेसित समाचारअनुसार पूर्व संखुवासभाको चैनपुर र पाँचखपन नगरपालिकाको सिमानाबाट बग्ने हेवा खोलामा गत शनिबार राति आएको बाढीले पूरै बस्ती नै जोखिममा परेको छ । अघिल्लो दिन नदीमा आएको बाढीले ताप्लेजुङका केही घर र पुल भत्किए भने त्यसको भोलिपल्ट रातिको वर्षाले ताप्लेजुङसहित पाँचथर र संखुवासभामा चार जनाको मृत्युसँगै २८ जनालाई बेपत्ता बनायो । स्थानीयस्तरबाट प्राप्त भएको जानकारीबाट बेपत्ताको संख्या यकिन हुनै सकेको छैन । बढी क्षति पुगेका संखुवासभा÷फिदिम÷ताप्लेजुङमा जेठ अन्तिम सातादेखि मनसुन सुरु भएको थियो । सोमबारको मौसम जानकारीअनुसार यस्तो भीषण वर्षाको आयु सातासम्म कायम रहनेछ । यसले कोशीका पहाडी जिल्लामा कहाँकस्तो वितण्डा मच्चाउने हो भन्ने सन्त्रास बढिरहेकै छ । संखुवासभाका विभिन्न खोलामा बाढी र पहिरो जाने क्रम जारी छ । यसले नै क्षति कति हुने हो भन्ने भौतिक क्षति पुगेका कतिपय ठाउँहरू अनुमानभन्दा बाहिर नै थिए । कतिपय घर सुतिरहेकै अवस्थामा बगे । ठाउँ हेर्दा त्यस्तो पहिरो जानेजस्तै लाग्दैन थियो । तर गयो र ठूलो मानवीय क्षति पनि पु¥यायो । एक पीडितका अनुसार मध्यराति ठूलो आवाज आयो । के भयो भनेर बाहिर निस्कँदानिस्किँदै घरै बगेर गयो । जसमा काखमा सुतिरहेकी बालिका हेर्दाहेर्दै बगिन् । उनका अनुसार आफ्नो घर यसरी बग्छ भन्ने अनुमान पनि थिएन ।

योपटकको मौसममको प्रारम्भ पूर्वी पहाडी भेगबाट सुरु भएको छ । संखुवासभाका प्रहरी प्रमुखकै भनाइमा त्यो एकरातमा मात्रै चैनपुर नगरपालिका र पाँचखपन नगरपालिकाको बीचबाट बग्ने हेवाखोलाबाट १७ जना र चैनपुर नुनढाकी सडकमा काम गर्ने एकजना बेपत्ता पारिए । सभापोखरी गाउँपालिका–३ सुनाम्लामा पहिरोले गोठ बगाउँदा थप दुई जना बेपत्ता भए । त्यस दिनको बाढी पहिरोका कारण संखुवासभामा मात्रै १९ पुरुष र दुई जना महिला बेपत्ता भएका थिए । यस्ता घटनामा बेपत्ता हुनु भनेको जीवनको आशा नरहने अवस्था नै हो । यसमा अर्को दुःखद् पक्ष के देखियो भने केही पहिले गरिएको क्षतिको आकलनमा यी क्षेत्र परेका थिएनन् । सम्भावित बाढी र पहिरोको खतराबाट जोगिन व्यक्तिव्यक्तिमा खतराको सूचना पु¥याउन र सतर्क रहन अपिल गरौं, साथै पीडितको उद्धारका लागि सरकारले विशेष कक्ष नै खडा गर्न आवश्यक छ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया