Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनको आर्थिक वृद्धि पाँच प्रतिशतमाथि हुने प्रक्षेपण

चीनको आर्थिक वृद्धि पाँच प्रतिशतमाथि हुने प्रक्षेपण


एजेन्सी । विश्व बैंकले चीनको आर्थिक वृद्धिदर पाँच दशमलव एक प्रतिशत हुने प्रक्षेपण गरेको छ । चीनको आन्तरिक अर्थतन्त्र कोभिडअगाडि जस्तो नरहे पनि यो वर्ष आर्थिक वृद्धिदरमा गिरावट नआउने प्रक्षेपण विश्व बैंकले गरेको हो । अर्थतन्त्रमा देखिएको मन्दिको असर आगामी वर्षको आर्थिक वृद्धिदरमा देखिने अनुमान छ । विश्व बैंकले सन् २०२४ मा चीनमा चार दशमलव पाँच प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

विश्व बैंकका पूर्वी एसिया तथा प्रशान्त क्षेत्रका प्रमुख अर्थशास्त्री आदित्य मट्टूले चीनसँग उत्पादनको क्षेत्रमा बृहङ्गम क्षमता रहेको बताएका छन् । उनले चीनले छोटो अवधिको विकासका लागि भन्दा माथि उठेर विकासको राम्रो गुणस्तर सुनिश्चित गर्ने योजना बताएको बताए ।

अर्थशास्त्रीहरुले पनि चीनको मात्रै नभएर समग्र पूर्वी एसिया र प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर अन्य उदीयमान अर्थतन्त्र भएका मुलुकको औसतभन्दा बढी रहेको बताएका छन् । विश्व बैंकका पूर्वी एसिया तथा प्रशान्त क्षेत्रका उपाध्यक्ष मानुएला भी फेरोले पूर्वी एसिया र प्रशान्त क्षेत्रको विकास विश्वमा सबैभन्दा तीव्र गतिमा भइरहेको बताए ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया