Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकामा दैनिक नौ सय ३८ मेट्रिक टन प्लास्टिकजन्य फोहोर उत्पादन

श्रीलंकामा दैनिक नौ सय ३८ मेट्रिक टन प्लास्टिकजन्य फोहोर उत्पादन


कोलम्बो । श्रीलंकामा दैनिक नौ सय ३८ मेट्रिक टन प्लास्टिकजन्य फोहोर उत्पादन हुनेगरेको छ । तीमध्ये चार प्रतिशत मात्रै पुनः प्रयोगमा ल्याउन मिल्ने खालको हुने गरेको पाइएको संसद्को सञ्चार विभागले शनिबार संसदीय समितिलाई उद्धृत गर्दै जनाएको छ ।

वातावरण, प्राकृतिक स्रोत तथा दिगो विकाससम्बन्धी क्षेत्रीय अनुगमन समितिले ती उत्पादित फोहोरमध्ये ३२ प्रतिशत मात्रै फोहोर संकलन भएको खुलासा गरेको छ । समितिले उद्योगीहरूलाई विनानिगरानी सहजरूपमा प्लास्टिक आयात गर्न अनुमति दिनाले पनि समस्या बढ्दै गएको बताएको छ ।

श्रीलंकाले वार्षिक चार लाख मेट्रिक टन प्लास्टिक कच्चापदार्थ र २० हजार मेट्रिक टन फोहोरजन्य प्लास्टिक आयात गर्नेगरेको पनि सञ्चार विभागले जनाएको छ । सो समितिले वातावरणीय अधिकारीहरूलाई प्लास्टिक संकलनका लागि दिइने प्रोत्साहन कार्यक्रम बढाउन निर्देशन समेत दिएको छ ।

श्रीलंकामा पछिल्लो समय प्लास्टिकजन्य फोहोर गम्भीर समस्याको रूपमा देखा परेको छ । समस्या विकराल बन्दै गएपछि सरकारले पुनः प्रयोगमा ल्याउन नमिल्ने खालका प्लास्टिकको जथाभावी प्रयोगमा प्रतिबन्ध लगाएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया