Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजलवायु परिवर्तनले बालविवाहमा ३९ प्रतिशत वृद्धि

जलवायु परिवर्तनले बालविवाहमा ३९ प्रतिशत वृद्धि


ढाका । अन्तरराष्ट्रिय उद्धार समिति (आईआरसी)ले बुधबार सार्वजनिक गरेको अध्ययनले बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशतले बृद्धि भएको खुलासा गरेको छ ।

अत्यधिक प्रकोप–प्रवण र जलवायु–संवेदनशील तटीय क्षेत्रहरूमा हुने गरेका बालविवाहमा ३९ प्रतिशतले बृद्धि भएको तथ्यांक देखिएको छ । बङ्गलादेशका थुप्रै तटीय समुदायमा जलवायु परिवर्तनको प्रभावमा जबरजस्ती बसाइँसराइ, चरम गरिबी, बढ्दो लैङ्गिक हिंसा, शिक्षामा सीमित पहुँच र खाद्य सुरक्षा चुनौतीलगायतका कारणले बालविवाह गर्न वाध्यता सृजना भएको आईआरसीले उल्लेख गरेको छ ।

अध्ययनले विगत दुई दशकमा बाढी र चक्रवातजस्ता प्रकोपमा भएको बृद्धि पनि बढ्दो बालविवाहको एक प्रमुख कारण मानेको छ । यस्ता विभिन्न किसिमका कारणहरू सृजित समस्याहरूलाई सम्बोधन गर्न आईआरसीले विकसित स्थितिको मूल्यांकन गरिरहेको र जलवायु परिवर्तन र जलवायु–प्रेरित प्रकोपहरूबाट बालबालिकालाई हुन सक्ने प्रत्यक्ष क्षतिबाट जोगाउन उपलब्ध स्रोतसमेत परिचालन गरिरहेको बताएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया