Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशको वैदेशिक मुद्रा सञ्चिति २० अर्ब डलर पुग्यो

बंगलादेशको वैदेशिक मुद्रा सञ्चिति २० अर्ब डलर पुग्यो


ढाका,बंगलादेशको विदेशी मुद्रा भण्डार २० अर्ब अमेरिकी डलर नाघेको छ । दुई ऋणदाताबाट केन्द्रीय बैंकको खातामा ऋण रकम जम्मा भएपछि बंगलादेशको विदेशी मुद्रा भण्डार बढेको हो । यसबाट लामो समयदेखि विदेशी मुद्राको सञ्चितिमा भएको गिरावट रोकिएको छ ।बंगलादेश बैंकका कार्यकारी अधिकृत तथा प्रवक्ता मोहम्मद मेजबुल हकले आइतबार पत्रकारहरूसँग ६८ करोड ९० लाख डलर अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) र ४० करोड डलर एसियाली विकास बैंक (एडिबी) बाट आएको जानकारी दिए ।

उनका अनुसार वैश्विक ऋणदाताबाट केन्द्रीय बैंकको खातामा एक अर्ब नौ करोड डलर ऋण प्राप्त हुनुअघि बिहीबार मुलुकको वैदेशिक मुद्रा सञ्चिति १९ अर्ब १७ करोड डलर थियो ।विश्वव्यापीरूपमा आयात लागतमा उल्लेख्य वृद्धि हुनुका साथै विप्रेषण र निर्यातबाट हुने आम्दानी अपेक्षाकृत कम हुँदा विदेशी मुद्रा सञ्चिति घट्ने क्रम जारी छ । बंगलादेशको सबैभन्दा उच्च वैदेशिक मुद्रा सञ्चिति सन् २०२१ मा ४८ अर्ब डलर थियो । यद्यपि, अन्तर्राष्ट्रिय उथलपुथलका कारण २०२२ को सुरुआतदेखि नै सञ्चितिको दर घट्दै गएको देखिन्छ ।

खुम्चिँदै गएको वैदेशिक मुद्रा सञ्चिति बढाउनका लागि केन्द्रीय बैंकले गत वर्ष धेरै उपाय अवलम्बन गरेको थियो । बैंक अन्तर्राष्ट्रिय कारोबारमा चिनियाँ युआनको प्रयोगसहित वैकल्पिक मुद्रा व्यवस्थामनमा लागेको छ ।यद्यपि केन्द्रीय बैंकका अधिकारीहरूले वर्तमान सञ्चितिसँगै बंगलादेश करिब चार महिनाको आयातको भुक्तानी गर्ने स्थितिमा रहेको बताएका छन् । बंगलादेशजस्तो बढ्दो अर्थतन्त्रका लागि छ महिनाको आयात भुक्तानी बराबर वैदेशिक मुद्रा सञ्चिति पर्याप्त मानिन्छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया