Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटर्कीमा मूल्यवृद्धि दर ६५ प्रतिशत

टर्कीमा मूल्यवृद्धि दर ६५ प्रतिशत


इस्तानबुल । टर्कीमा महँगी उच्च दरमा बढेको छ । हालै सार्वजनिक भएको तथ्यांकअनुसार डिसेम्बरमा मुद्रास्फीति (मूल्यवृद्धि)दर ६५ प्रतिशत छ । जुन सन् २०२३ कै उच्च हो । मुद्रास्फीति दर आगामी मे महिनासम्म ७५ प्रतिशतसम्म पुग्ने प्रक्षेपण अर्थशास्त्रीहरुले गरेका छन् ।

राष्ट्रपति रेसेप तैयप एर्दोगानका बजार मामिला अध्ययन गर्ने अर्थशास्त्रीहरुले भने आगामी चार महिनाभित्र महँगी दर उच्च विन्दुबाट तल ओर्लिन थाल्ने बताएका छन् । टर्कीमा सन् २०२२ को अक्टोबरमा मूल्यवृद्धि दर ८५ प्रतिशतसम्म पुगेको थियो । त्यसपछि केही घट्न थालेको थियो । तर अहिले फेरि मूल्यवृद्धिमा चाप परेको सरकाकरी अधिकारीहरुले बताएका छन् ।

टर्कीको आधिकारिक वार्षिक मूल्यवृद्धि दर ६४ दशमलव ७७ प्रतिशत पुगेको छ । यस्तो दर नोभेम्बरमा ६१ दशमलव ९८ प्रतिशत थियो ।

अर्थशास्त्रीहरुले राष्ट्रपति एर्दोगानले सन् २०२१मा केन्द्रीय बैंकलाई उधारो लागत घटाउन निर्देशन दिएपछि मूल्यवृद्धिको श्रृंखला बढ्न थालेको जिकिर गरेका छन् । राष्ट्रपति एर्दोगानले गत वर्ष मे महिनामा पुनः चुनाव जितेपछि आफ्नो पुरानो प्रतिबद्धतालाई उल्टाउँदै अर्थतन्त्र सुधारका लागि अग्रसरता लिन टर्कीका चर्चित अर्थशास्त्री मेहमेट सिम्सेकलाई अर्थमन्त्रीको जिम्मेवारी दिएका थिए । त्यस्तैे केन्द्रीय बैंकमा गभर्नरको रुपमा हाफिज गए एर्कानलाई ल्याएका थिए । त्यसपछि केन्द्रीय बैंकले ब्याजदरलाई ४२ दशमलव पाँच प्रतिशतबाट आठ दशमलवम पाँच प्रतिशतमा झारेका थिए । जसको असर फेरि मूल्यवृद्धिमा परेको विश्लेषण गरिएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया