Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानको प्रधानमन्त्रीमा शरिफ

पाकिस्तानको प्रधानमन्त्रीमा शरिफ


इस्लामावाद । पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शहबाज शरिफ निर्वाचित भएका छन् । उनी पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)का अध्यक्ष तथा नवगठित आठ दलीय गठबन्धनका नेता हुन् । उनी दोस्रो पटक प्रधानमन्त्री बन्न सफल भएका छन् ।

शरिफ पाकिस्तानको राष्ट्रियसभाबाट दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भएका हुन् । नेता शरिफलाई प्रधानमन्त्री बन्न भारी मत मिलेको छ । आइतबार भएको मतदानमा उनले दुई सय एक मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी अयूब खानले ९२ मत प्राप्त गरेका छन् । अयूब पूर्वप्रधानमन्त्री खान निकट सांसदहरुको उम्मेदवार थिए ।

निर्वाचनको परिणाम सार्वजनिक गर्दै नेशनल एसेम्बलीका नवनियुक्त सभामुख सरदार अयाज सादिकले शहबाज सरिफ इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरेका हुन् ।

पाकिस्तानको आम निर्वाचनमा कुनै पनि दलको प्रस्ट बहुमत थिएन । यही कारण प्रधानमन्त्री निर्वाचनको लागि समय लागेको थियो । आम निर्वाचनमा जेलमा रहेका पूर्वप्रधानमन्त्री खानको दल पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरुले जितेका थिए । तर पनि जेलमा रहेका विपक्षी नेता खानका अनुयायीलाई सरकारमा पुग्न नदिन गठबन्धनलाई सफलता मिलेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया