Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाँच प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने चीनको लक्ष्य

पाँच प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने चीनको लक्ष्य


बेइजिङ । चीनले सन् २०२४ मा करिब पाँच प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । मंगलबार राष्ट्रिय विधायिकामा छलफलका लागि पेस गरिएको सरकारी कार्यप्रतिवेदनमा आर्थिक वृद्धिको यो लक्ष्य उल्लेख छ ।

प्रतिवेदनअनुसार यस वर्ष सहरी क्षेत्रमा एक करोड २० लाखभन्दा बढी रोजगारी सिर्जना हुने र सर्वेक्षण गरिएको सहरी बेरोजगारी दर करिब पाँच दशमलव पाँच प्रतिशत हुने अनुमान गरिएको छ ।

कुल गार्हस्थ्य उत्पादन (जीडीपी)सँगको घाटाको अनुपात तीन प्रतिशत कायम गर्ने र सन् २०२३ को बजेटबाट सरकारी घाटा एक खर्ब ८० अर्ब युआनले बढ्ने गरी सक्रिय वित्तीय नीति र विवेकपूर्ण मौद्रिक नीतिलाई निरन्तरता दिइने पनि प्रतिवेदनमा उल्लेख छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया