Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतीय सेयरबजार सूचकमा नयाँ रेकर्ड

भारतीय सेयरबजार सूचकमा नयाँ रेकर्ड


नयाँदिल्ली । भारतको सेयर बजारले बुधबार नयाँ रेकर्ड कायम गरेको छ । सेयरबजारका प्रमुख दुई सूचक बीएसई सेक्सेक्स र निफ्टी ५० ले अहिलेसम्मकै नयाँ उचाई विन्दु रेकर्ड बनाएका हुन् ।

बीएसई सेन्सेक्स मंगलबारको तुलनामा चार सय आठ विन्दुले बढेर हालसम्मकै उच्च ७४ हजार ८५ विन्दुमा कायम भएकोे छ । यस्तै, निफ्टी ५० पनि एक सय १७ विन्दुले बढेर २२ हजार चार सय ७४ विन्दुमा कायम भएको छ ।

बुधबार बैंकिङ क्षेत्रका स्टकमा उच्च सुधार भएपछि सेयरबजारका दुई मुख्य सूचकले अल टाइम हाई बनाएका हुन् । केही दिनयता विश्वका प्रमुख सेयरबजार सकारात्मक बन्दै नयाँ उचाइ बनाइरहेका छन् । केही दिनअघि जापानको सेयरबजारले पनि नयाँ उचाइ कायम गरेको थियो ।

विश्वका ठूला अर्थतन्त्र भएका मुलुकमा मुद्रास्फीति घट्दै गएको, तरलता बढेको र अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक देखिन थालेपछि सेयरबजारमा पनि सुधार देखिएको हो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया