Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयुरोपेली युनियनले एप्पललाई लगायो करिब दुई अर्ब जरिबाना

युरोपेली युनियनले एप्पललाई लगायो करिब दुई अर्ब जरिबाना


बेलायत । युरोपेली युनियन (ईयू)ले अमेरिकी कम्पनी एप्पललाई एक अर्ब ९५ करोड अमेरिकी डलर जरिबाना गरेको छ । ईयूले ‘एन्टिट्रस्ट’ मुद्दामा सो जरिबाना लगाएको हो ।

एप्पलले युरोपमा स्पोटिफाइ र अन्य संगीत स्ट्रिमिङ प्लेटर्फमहरुलाई एक स्टोरबाहिरको भुक्तानी विकल्पबारे प्रयोगकर्तालाई जानकारी गर्न रोक लगाएको पाइएपछि ईयूले जरिबाना लगाएको हो । एप्पलले युरोपमा अनुचित एकाधिकार जमाउने कोसिस गरेको ईयूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आईओएस एप स्टोरबाट डाउनलोड गरिएका एपहरुमार्फत भुक्तानी गर्दा ३० प्रतिशत शुल्क बच्नेछ । युरोपेली आयोगले स्विडिस संगीत स्ट्रिमिङ सेवा स्पोटिफाइले सन् २०१९मा दिएको उजुरीका आधारमा सो जरिबाना लगाएकोे बताएको छ ।

युरोपेली युनियनको प्रतिस्पर्धा प्रवर्तन गर्ने निकायले एप्पलको प्रतिबन्धले अनुचित व्यापारिक अवस्था उत्पन्न गरेको बताएको छ । लाखौँ युरोपेली उपभोक्ताहरुले संगीत स्ट्रिमिङ सदस्यताहरु कहाँ, कसरी र कुन मूल्यमा खरिद गर्ने भनेर स्वतन्त्र छनौट गर्न नसकेको इयुका प्रतिस्पर्धा आयुक्त मार्गरेट वेस्टेजरले ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा भनेका छन् ।

एप्पलको यो व्यवहारले युुरोपका लाखौँ मानिसहरुले संगीत स्ट्रिमिङ सेवाको लागि प्रत्येक महिना दुई, तीन युरो बढी तिर्नुपरेको थियो । ईयूको जरिबानापछि सोमबार एप्पलको सेयर भाउमा दुई दशमलव ५४ प्रतिशत गिरावट आएको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया