Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमल्दिभ्समा भारतीय पर्यटक घटे

मल्दिभ्समा भारतीय पर्यटक घटे


माले । माल्दिभ्स भ्रमण गर्ने भारतीय पर्यटकको संख्यामा ३३ प्रतिशत कमी आएको छ । माल्दिभ्सको पर्यटन मन्त्रालयको तथ्यांकअनुसार यसवर्षको पहिलो दुई महिनामा २७ हजार दुई सय बढी भारतीय पर्यटक माल्दिभ्स घुम्न गएका छन् । यो संख्या जुन गतवर्षको सोही अवधिको तुलनामा करिब १४ हजारले कम हो ।

नयाँ दिल्ली र मालेबीचको कुटनीतिक सम्बन्ध बिग्रिएकाले माल्दिभ्समा जाने भारतीय पर्यटकको संख्यामा कमी आएकोे माल्दिभ्सका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । माल्दिभ्सका केही उपमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणको विषयलाई लिएर अपमानजनक टिप्पणी गरेका थिए । त्यसलगत्तै दुई देशबीच कूटनीतिक विवाद सुरु भएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीले भारतीय टापु समूहलाई समुद्र टन पर्यटन र आन्तरिक पर्यटनको रुपमा विकास गर्न आह्वान गरेका थिए । तर, त्यसमा माल्दिभ्सका तीन उपमन्त्रीले अपमानजनक टिप्पणी गरेपछि नयाँ दिल्लीले माल्दिभ्सका राजदूतलाई बोलाएर कडा विरोध गरेको थियो । त्यसपछि दुई देशबीच कूटनीतिक विववाद सुरु भएको हो । अहिले माल्दिभ्सले तीन जना उपमन्त्रीलाई निलम्बनका राखेको छ ।
माल्दिभ्स एसोसिएसन अफ ट्राभल एजेन्ट्स एन्ड टुर अपरेटर्स (माटाटो)ले भारतीय पर्यटकले धमाधम बुकिङ रद्द गरेको बताएका छन् ।

माल्दिभ्समा यसवर्षको अहिलेसम्म सबैभन्दा धेरै चिनियाँ पर्यटक पुगेका छन् । जनवरी र फेब्रुअरीमा माल्दिभ्स घुम्न जाने चिनियाँ पर्यटकको संख्या ५४ हजार नाघेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया