Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतले एआई पूर्वाधारमा एक अर्ब २० करोड डलर लगानी गर्ने

भारतले एआई पूर्वाधारमा एक अर्ब २० करोड डलर लगानी गर्ने


नयाँदिल्ली । भारतले एआई पूर्वाधार स्टार्टअपमा एक अर्ब २० करोड अमेरिकी डलर लगानी गर्नेभएको छ । भारतको सूचना प्रविधि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सो रकम कम्प्युटिङक पूर्वाधार स्थापना गर्न र एआई स्टार्टअपसम्बन्धी परियोजनामा खर्च हुने उल्लेख छ ।

कनिष्ठमन्त्री राजीव चन्द्रशेखरले लगानीले भारतको एआई इकोसिस्टम प्रणालीलाई उत्प्रेरित गर्ने र विश्वका लागि एआईको भविष्यको आकार दिने शक्तिका भारत स्थापित हुने बताएका छन् ।

भारतमा गरिएको एक पूर्वानुमानअनुसार भारतको एआई बजार सन् २०२७ सम्म १७ अर्ब अमेरिकी डलरबराबर पुग्नेछ । यो आँकडाले एआई सफ्टवेयरका लागि वैश्विक बजारको एउटा सानो अंश देखाउँछ । अमेरिकी शोध फर्म गार्टनरले भने सन् २०२७ सम्म एआई बजार दुई खर्ब ९७ अर्ब डलरसम्म पुग्ने अनुमान गरेकोक छ ।

परम्परागत कल सेन्टर वा कोडिङ भूमिकामा काम गर्ने इन्जिनियरिङ स्नातकहरूले एआई मोडेलबाट आफ्नो नोकरीलाई खतराका रूपमा लिइरहेका छन् ।

ओपनएआईका प्रमुख कार्यकारी साम अल्टम्यानले गत वर्ष नयाँदिल्लीमा श्रोताहरूलाई भारतीय उद्यमी तथा कम्पनीहरूले महत्वपूर्ण वित्तीय सहयोगविना एआई उत्पादन बनाउनका लागि संघर्ष गर्नुपर्ने बताएका थिए ।

भारतका अर्बपति धनाड्य टाइकुन मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज र मुलुकका शीर्ष विश्वविद्यालयहरूबीचको साझेदारीमा यसै महिना च्याटजिपिटी–स्टाइलको एआई च्याटबट एप्लिकेसन सुरु हुने बताइएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया