Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएडीबीद्वारा श्रीलंकालाई १० करोड डलर ऋण स्वीकृत

एडीबीद्वारा श्रीलंकालाई १० करोड डलर ऋण स्वीकृत


मनिला । एसियाली विकास बैंक (एडीबी)ले श्रीलंकालाई १० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । सोमबार श्रीलंकाका साना तथा मझौला उद्यमहरू (एसएमई)लाई वित्तमा थप पहुँच प्राप्त गर्न र आर्थिक संकट तथा जलवायु परिवर्तनजस्ता बाह्य झट्काहरूसँग लड्न सो रकम ऋण स्वीकृत गरेको हो ।

श्रीलंकामा साना तथा मझौला उद्योगहरूले ४५ प्रतिशत रोजगारी सिर्जना गरेका छन् । यस्ता उद्योगको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ५२ प्रतिशत योगदान गरेको एडीबीले उल्लेख गरेको छ । एडीबीले दिने यो कर्जा महिला नेतृत्वका उद्यमहरुमा खर्च गरी आवश्यक प्रवर्द्धन गर्न सहयोग गर्ने विश्वास गरेको छ ।

सहभागी वित्तीय संस्थाहरूमार्फत एडीबीले निर्यात, पर्यटन, प्रविधि, कृषि र उत्पादन क्षेत्रमा कम सेवा भएका एसएमईहरूका लागि पाँच करोड डलर लाइन अफ क्रेडिट खोल्नेछ । यसले महिला नेतृत्वका एसएमईका लागि ग्यारेन्टी अनुदान समेट्न पाँच लाख अमेरिकी डलरको विशेषसुविधा स्थापना गर्नेछ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया