Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचिनियाँ केन्द्रीय बैंकले प्रविधि क्षेत्रमा ७० अर्ब डलर ऋण दिने

चिनियाँ केन्द्रीय बैंकले प्रविधि क्षेत्रमा ७० अर्ब डलर ऋण दिने


बेइजिङ । चीनको केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइना’ले देशको विज्ञान तथा प्रविधि क्षेत्रलाई सहयोग गर्न पाँच सय अर्ब युआन (७० अर्ब डलर)को ऋण कार्यक्रम स्थापना गर्ने भएकोे छ । केन्द्रीय बैंकले आइतबार विज्ञप्ति जारी गरेर यस्तो जानकारी दिएको हो ।

केन्द्रीय बैंकले २१ वटा बैंकहरुमार्फत साना तथा मझौला प्रविधि कम्पनीहरुलाई एक दशमलव ७५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउनेछ । यो रुण एक वर्ष अवधिका लागि उपलब्ध गराउनेछ । जुन ऋण दुई पटकसम्म विस्तार गर्न सकिनेछ । यो पुनरकर्जा प्याकेज हुने बैंकले जनाएको छ ।

चीनका नीति निर्माताहरुले तरलतालाई बढवा दिन र विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा सम्पत्तिको संकट र प्रमुख व्यापारिक साझेदारहरुसँगको झगडाको बीचमा विश्वास बढाउन खोजेको बताइएको छ ।

यो पुनरकर्जा कार्यक्रम साना तथा मझौला आकारका प्रविधि कम्पनीहरुलाई उनीहरूको प्रारम्भिक स्टार्टअप र वृद्धि चरणहरुमा मद्दत गर्न र उच्चस्तरका परियोजनाहरुलाई ऋण सहयोग प्रदान गर्न स्थापना गरिएको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया