Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसिंगापुरमा अनलाइन ठगी दोब्बर बढ्यो

सिंगापुरमा अनलाइन ठगी दोब्बर बढ्यो


सिंगापुर । सिंगापुरमा इन्टरनेटको माध्यमबाट हुने व्यवसायमा ठग्ने र ठगिने क्रम बढेको छ । सन् २०२३ मा ‘ई–कमर्स’बाट गरिने खरिद् बिक्रीमा हुने छलीका घटनामा दोब्बरले वृद्धि भएको ‘ई–कमर्स मार्केटप्लेस लेनदेन सुरक्षा मूल्यांकन प्रतिवेदनले देखाएको छ ।

प्रशासनका अनुसार करिब ५० प्रतिशत ई–कमर्ससम्बन्धी ठगी फेसबुक र अन्य सामाजिक सञ्जालको माध्यमबाट हुनेगरेको छ । सन् २०२२ मा अनलाइन छलीका घटनाहरूमा एक हजार एक सय ३८ रहेकोमा सन् २०२३ मा यो संख्या चार हजार पाँच सय ५० मा पुगेको उल्लेख गरिएको छ ।

मूल्यांकन प्रयोगकर्ता प्रामाणिकता, लेनदेन सुरक्षा, हानि समाधानका स्रोत र अनलाइन किनमेलका लागि बनाइएका वेबसाइटहरू गरी चार तहमा आधार भएर गरिएको हो ।

मूल्यांकन प्रतिवेदनमा फेसबुकलाई सबैभन्दा कम अंक दिएको छ भने अमेजन, लाजादा, शोपीलगायतका अनलाइन किनमेलका लागि प्रसिद्ध वेबसाइटलाई पूर्ण अंक दिइएको छ ।

गृह राज्यमन्त्री सन जुएलिङले संसदमा गरेको सम्वोधनमा सामाजिक सञ्जाल मेटालाई फेसबुकमा छलीविरुद्ध सुरक्षा उपायहरू अंगीकार गर्न अस्वीकार गरेकोमा आलोचना गरेका छन् । रासस/सिन्ह्वा


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया