Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआर्थिक वृद्धिका लागि ठूला मुलुकले लिएको औद्योगिक नीति प्रभावकारी छैन

आर्थिक वृद्धिका लागि ठूला मुलुकले लिएको औद्योगिक नीति प्रभावकारी छैन


वासिङ्टन डिसी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले संयुक्त राज्य अमेरिका, युरोप र अन्य देशहरुले नवप्रवर्तनलाई अगाडि बढाउन लिएका औद्योगिक नीति र पहलहरु प्रभावकारी नभएको चेतावनी दिएको छ । आईएमएफले बुधबार आगामी दिनहरुमा औद्योगिक नीतिले राम्रो काम गरेमा नवप्रवर्तनलाई अगाडि बढाउन र आर्थिक वृद्धिलाई बढवा दिन सकिने उल्लेख गरेको छ ।

आईएमएफले विगतमा लिइएका नीतिगत त्रुटिहरु, उच्च वित्तीय लागत र अन्य देशहरुमा देखिएको नकारात्मक वातावरणको प्रभावले नवप्रवर्तन उद्यममा असर पारेको बताएको छ ।

आईएमएफका वित्तीय मामिला विभागका उपनिर्देशक इरा डब्ला–नोरिसले विदेशी फर्महरुविरुद्ध भेदभाग गर्ने नीतिहरुले पनि बदला लिनसक्ने र भू–आर्थिक दरारहरु थप्नसक्ने चेतावनी दिएका छन् । उनले सहुलियत र कर छुटहरुमा सहुलियत दिने विषयमा सरकारहरुको ध्यान केन्द्रित हुँदा वित्तीय लागत बढेर जाने र स्रोतको गलत प्रयोग हुनसक्ने चिन्ता व्यक्त गरेका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया