Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसिड्नीको सपिङ सेन्टरमा चक्कु आक्रमण, छ जनाको मृत्यु

सिड्नीको सपिङ सेन्टरमा चक्कु आक्रमण, छ जनाको मृत्यु


अस्ट्रेलिया । अस्ट्रेलियाको सिड्नीमा रहेको एउटा व्यस्त सपिङ सेन्टरमा एक हमलाकारीले चक्कु प्रहार गरी आक्रमण गर्दा छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एक जना छ महिनाका शिशु छन् । केही व्यक्ति घाइते भएका छन् ।

हमलाकारीले धेरै मानिसमाथि छुरा प्रहार गरेको र उसलाई पत्ता लगाई एक महिला प्रहरीले हानेको गोली लागी मृत्यु भएको छ । अहिले ती महिला प्रहरीलाई अस्ट्रेलियाका नागरिकहरूले राष्ट्रिय नायक भएको टिप्पणी गरेका छन् ।

प्रहरीका अनुसार पाँच महिला र एक पुरुषको मृत्यु भएको छ । बालकको भने आपत्कालीन शल्यक्रिया भइरहेको अवस्थामा मृत्यु भएको हो । शनिबार दिउँसो वेस्टफिल्ड बन्डी जङ्क्सन मल परिसरमा हजारौँ खरिदकर्ताले किनमेल गरिरहेको बेला घटना घटेको हो ।

प्रहरीले हमलाकारी ४० वर्षीय व्यक्ति रहेको बताएको छ । तर, शनिबार साँझसम्म उसको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

न्यू साउथ वेल्स एम्बुलेन्सका प्रवक्ताले आठ घाइतेलाई सिड्नीका विभिन्न अस्पतालमा पु¥याइएको जानकारी दिए । तीमध्ये एक बालकलाई सहरको बाल अस्पतालमा लगिएको थियो । घटनामा परेका सबैलाई गम्भीर चोट लागेको छ ।

सुरक्षा क्यामेराको फुटेजमा अस्ट्रेलियाली रग्बी लिगको जर्सी लगाएका एक व्यक्तिलाई चक्कु लिएर सपिङ सेन्टरको चारैतिर दौडिरहेको देखाइएको छ । रगतले लतपतिएका घाइतेहरू भुइँमा लडिरहेका थिए ।

प्रत्यक्षदर्शीहरूले आतंकको दृश्य वर्णन गरेका छन् । उनीहरूका अनुसार पसलहरू सुरक्षाका लागि दौडिरहेका थिए भने प्रहरीले उक्त क्षेत्रलाई सुरक्षित पार्ने प्रयास गरिरहेको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया