Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारप्यालेस्टाइनी क्षेत्रमा सहयोगका लागि राष्ट्र संघको अपिल

प्यालेस्टाइनी क्षेत्रमा सहयोगका लागि राष्ट्र संघको अपिल


राष्ट्र संघ । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्र संघीय कार्यालय (यूएनओसीचएचए)ले बुधबार प्यालेस्टिनी क्षेत्रका लागि दुई अर्ब ८२ करोड अर्ब अमेरिकी डलरको फ्ल्यास अपिल सार्वजनिक गरेको छ ।

उक्त रकम यस वर्षको अन्त्यसम्ममा पूर्वी जेरुसेलमसहित गाजा र वेस्ट ब्याङ्कका तीन दशमलव एक मिलियन मानिसलाई सहायता गर्न प्रयोग गरिने यूएनओसिएचएले जनाएको छ ।

कार्यालयले उक्त प्रक्रियाका लागि, सञ्चालित अवस्थाहरूमा ठूला परिवर्तनहरू हेर्न आवश्यक रहेको जनाएको छ । मानवीय संस्थाहरूले गाजा पट्टी र वेस्ट ब्याङ्कका पीडितलाई आवश्यक सुरक्षित र दिगो पहुँच हुनुपर्ने पनि जनाएको छ ।

कार्यालयले भनेको छ, ‘गाजामा थप प्रवेश र आपूर्ति मार्गहरू चाहिन्छ, अशदोद बन्दरगाहको प्रयोग पनि चाहिन्छ । उनीहरूलाई गाजाभित्र आवागमनमा अवरोध नियन्त्रण र सहायताका लागि भिसा र अनुमतिहरू, समयमै प्रदान गरी मानवीय वस्तु ल्याउन सक्षम हुन आवश्यक छ ।’

गतवर्ष अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको घातक आक्रमणको प्रतिक्रियामा इजरायलले गाजामा हमासविरुद्ध ठूलो मात्रामा सैन्य आक्रमण गर्दा एक हजार दुई सय मानिस मारिए भने दुई सयभन्दा बढीलाई बन्धक बनाइएको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया