Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअष्ट्रेलियाको बेरोजगारी दर बढ्यो

अष्ट्रेलियाको बेरोजगारी दर बढ्यो


अस्ट्रेलिया । अस्ट्रेलियाको बेरोजगारी दर बढेको छ । मार्च महिनामा बेरोजगारी दर तीन दशमलव आठ प्रतिशत पुगेको तथ्यांक सार्वजनिक भएको छ ।

अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको तथ्यांकअनुसार रोजगारमा रहेका अष्ट्रेलियालीहरूको संख्या फेब्रुअरी र मार्चको बीचमा छ हजार छ सयले घटेको छ । बेरोजगारी दर तीन दशमलव सातबाट तीन दशमलव आठ प्रतिशतमा पुगेको न्यूज कर्प अर्थशास्त्रीलाई उद्धृत गर्दै अष्ट्रेलियाका अखबारहरूले जनाएका छन् ।

जनवरी र फेब्रुअरीको बीचमा कार्यरत अस्ट्रेलियालीहरूको संख्या एक लाख १६ हजार पाँच सयले बढेपछि रोजगारीमा गिरावट आएको हो ।

एबीएसले फेबु्रअरी र मार्चको बीचमा पूर्ण–समय भूमिकामा कार्यरत अस्ट्रेलियालीहरूको संख्या २७ हजार नौ सयले बढे पनि सोही अवधिमा अंशकालिक रोजगारी ३४ हजार पाँच सयले घटेको बताएको छ ।

जागिर गुमाए पनि अष्ट्रेलियालीहरूले काम गरेको घण्टाको कुल संख्या एक करोड ७० लाख वा फेब्रुअरीको तुलनामा मार्चमा शून्य दशमलव नौ प्रतिशत र मार्च २०२३ को तुलनामा एक दशमलव सात प्रतिशत बढी थियो ।

एबीएसका श्रम तथ्यांक प्रमुख ब्योर्न जार्विसले सहभागिता दर पूर्व–महामारीको स्तरभन्दा धेरै बढी भएको र नोभेम्बर २०२३ मा सेट गरिएको ६७ प्रतिशतको रेकर्ड उच्च रहेको बताए ।

सहभागिता दरले काम गर्ने उमेरका जनसंख्याको अनुपात मापन गर्दछ, जसबाट कार्यरत छन् वा सक्रियरूपमा काम खोज्दै छन् भन्ने थाहा हुन्छ, जुन ६६ दशमलव सात प्रतिशतबाट केही घटेर ६६ दशमलव छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया