Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमाग बढेसँगै इजिजेटले थप्यो उडान

माग बढेसँगै इजिजेटले थप्यो उडान


लन्डन, साउन २१
बेलायती हवाइ सेवा प्रदायक इजिजेटले माग बढेपछि उडान संख्या थपेको छ । कम्पनीले विदा मनाउने यात्रु बढेको भन्दै उडान थपेको बीबीसीले जनाएको छ । कम्पनीले सामान्य अवस्थाको ३० प्रतिशत मात्रै उडान हुने अपेक्षा गरे पनि माग बढेपछि ४० प्रतिशत उडान गर्ने भएको छ । जुनमै कम्पनीले उडान थालेको थियो । जुलाईमा कम्पनीले २० लाख यात्रुलाई सेवा दिएको बताइएको छ ।

‘आकाशमा पुनः फर्किँदा हामी सक्ने राम्रो सेवा हाम्रा ग्राहकलाई दिन्छौँ, जो विदा मनाउन चाहन्छन्’, कम्पनीका बोस योहान लन्डग्रेनले भने, ‘सोचेभन्दा बढी सेवाको माग बढ्दा हामी उत्साहित छौँ ।’ उनका अनुसार फारो र नाइस जस्ता गन्तव्यमा यात्रुले सेवा चाहेका छन् ।

त्यस्तै समर बुकिङ पनि अपेक्षा गरेभन्दा राम्रो भएको उनले बताए । अब कम्पनीले सामान्य अवस्थाको ४० प्रतिशतमा उडान सेवा जुलाई–सेप्टेम्बर अवधिमा गर्नेछ । आफ्नो सेवाले धेरै ग्राहकलाई साथी र परिवारसँग जोड्ने योहानले बताए । उडान थप्ने योजना सार्वजनिक भएसँगै कम्पनीको सेयर मंगलबारको सुरुवाती कारोबारमै ९ प्रतिशतले बढेको छ ।

जुनसम्मको त्रैमासिक अवधिमा इजिजेटले ७० लाख पाउन्ड मात्रै आम्दानी गर्नसकेको छ । कोरोना महामारीले ३० मार्चदेखि कम्पनीको उडान रोकिएको थियो । तर उक्त अवधिमा खर्च भने ३३ करोड २१ लाख पाउन्ड आसपास रहेको थियो । जुन सन् २०१९ को सोही अवधिको भन्दा ७९ प्रतिशत कम हो । कम्पनी अहिले पुनर्संरचनाको चरणमा छ । यसका लागि ३० प्रतिशत कार्यशक्ति घटाउने तयारी गरिएको छ । कम्पनीले ४५ सय रोजगारी कटौती तथा स्ट्यास्टेड, साउदेन्ड र न्युक्यास एयरपोर्टको बेस पनि बन्द गर्ने योजना बनाएको छ । अहिले उसले कर्मचारीलाई योजनाबारे परामर्श गरिरहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया