Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशमा एकै दिन सयभन्दा बढी कोभिड–१९ संक्रमितको मृत्यु

बंगलादेशमा एकै दिन सयभन्दा बढी कोभिड–१९ संक्रमितको मृत्यु


ढाका ।
बंगलादेशले शनिबार कोभिड–१९ बाट एक सय एक जनाको मृत्यु भएको जानकारी गराएको छ । बंगलादेशमा लगातार दोस्रो दिन कोभिड–१९ संक्रमित सयभन्दा बढी व्यक्तिको मृत्यु भएको र यसलाई सरकारी अधिकारीले महामारीको दोस्रो लहरका कारण आएको सफ्टपूर्ण अवस्था भनेका छन् ।

बंगलादेशको स्वास्थ्य सेवा महा निर्देशनालयका अनुसार शनिबार तीन हजार चार सय ७३ थप व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यससँगै अहिलेसम्म बंगलादेशमा कूल संक्रमितको सङ्ख्या बढेर सात लाख १५ हजार दुई सय ५२ पुगेको छ । आधिकारिक तथ्यांकले देखाएअनुसार बंगलादेशभरि गत २४ घण्टामा १६ हजार एक सय ८५ नमूनाहरू परीक्षण गरिएको थियो । निर्देशनालयका अनुसार बंगलादेशमा अहिलेसम्म कोभिड–१९ संक्रमण भई निको हुनेको संख्या छ लाख आठ हजार आठ सय १५ पुगेको छ । यहाँ शनिबार निको हुनेको संख्या पाँच हजार नौ सय सात रहेको बताइएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया